coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रेमलाल भडेल, अमिता ब्यान्जु, मनमाया माकजुको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी रामबहादुर भन्ने कृष्णबहादुर प्रधान भएको चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत १५ गते ६ बर्ष ९ महिना २५ दिन कैद र ७४ हजार एक सय ९७ जरिवाना फैसला भएका रामबहादुर भन्ने कृष्णबहादुर प्रधान फरार रहेका थिए ।

परिसरबाट खटाईएको प्रहरी टोलीले पक्राउ परेका रामबहादुर भन्ने कृष्णबहादुरलाई बुधबार भक्तपुर जिल्ला अदालतमा पेश गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । निजलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको जनाइएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App