१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार

१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् ।

भान्जाको हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

नेपाली र भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको बारा प्रहरीले जनाएको छ।

पर्सामा दुई बालिका बलात्कृत, दुई आरोपी पक्राउ

पर्सा जिल्लामा दुई दिनको अन्तरालमा भएका २ वटा बेग्लाबेग्लै घटनामा दुई जना बालिकाको बलात्कार भएको घटना प्रकाशमा आएको छ ।

लेखा अधिकृत घुससहित पक्राउ

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विहीबार साँझ घुससहित पक्राउ परेका छन्। लेखा अधिकृत विकास पोखरेल पक्राउ परेका हुन्।

यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ

बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवालाई पक्राउ गरिएको हो ।

२५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ

कलैया उपमहानगरपालिकाको मटिअर्वा नाकाबाट अवैध रुपले भित्र्याइएको २५.२ किलो चाँदीको गहनासहित बारा प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

नायब सुब्बा घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्ने नासु कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो ।

नौ लाख घुस सहित सिँचाई डिभिजन कार्यालय प्रमुख पक्राउ

जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयसँगै रहेको निवासबाट नौ लाख ३४ हजार घुस सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

आफूहरुलाई रु दश लाख दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् ।

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ घुससहित पक्राउ

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्