१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बहुबिवाह मुद्दाका फरार अभियुक्त पक्राउ

बहुविवाह मुद्दाका फरार एक अभियुक्तलाई भक्तपुर प्रहरीले मंगलबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे बस्ने वर्ष २७ को सबिन प्रजापतिलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मुना शिल्पकारको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी सबिन प्रजापति भएको बहुबिवाह मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७६ जेठ २ गते १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना फैसला भएका उनलाई पक्राउ गरिएको परिसरमा सूचना अधिकृत दीपक गिरीले जनाए ।

परिसरबाट खटाइएको प्रहरी टोलीले पक्राउ गरी प्रजापतिलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको र फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको जनाइएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App