८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

भान्जाको हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

शाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताए । अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उनले बताए ।  

शव व्यवस्थापनपछि छट मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले बताए । घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो । वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।

प्रकाशित: ४ श्रावण २०७७ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App