१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्सामा दुई बालिका बलात्कृत, दुई आरोपी पक्राउ

पर्सा जिल्लामा दुई दिनको अन्तरालमा भएका २ वटा बेग्लाबेग्लै घटनामा दुई जना बालिकाको बलात्कार भएको घटना प्रकाशमा आएको छ । बिहीबार बिहान झिसमिसे मै पर्साको जगरनाथपुर गाउँपालिकामा एक जना १५ वर्षीया बालिकाको बलात्कार भएको छ । यसभन्दा २ दिन अगाडि गत मंगलबार साँझ जिराभवानी गाउँपालिकामा अर्का एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको थियो ।

दुबै घटनामा एक एकजना आरोपीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी गराए । ‘जगरनाथपुरमा १५ वर्षीया बालिकासंग भएको उक्त घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । यसमध्ये एक जनाले करणी गरेको र अर्को एक जनाको सहयोगीको रुपमा संलग्नता देखिएको छ,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘यसमध्ये करणी गरेको भन्ने आरोपीलाई पक्राउ गरिसकिएको छ, अर्कोको खोजतलास भइरहेको छ ।’

त्यस्तै जिराभवानी गाउँपालिकामा गत मंगलबार भएको बलात्कारको घटनामा आरोपीको रुपमा प्रहरीले एक जना १७ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवक बालिकाको छिमेकी रहेको खुलेको छ । ‘अहिले नाम चाँही हामीले अहिले सार्वजनिक गरेका छैनौं, अनुसन्धान भइरहेको हुलाने,’ पर्सा प्रहरीका प्रवक्ता समेत रहेका कुँवरले भने, ‘बालिकाको मेडिकल चेकजाँच गरेर बयान लिएर थप अनुसन्धान अघि बढाइएको छ ।’ स्थानीयका अनुसार बालिकालाई दुई जनाले घरबाट उठाएर सुपौली गाउँको नजिक रहेको बगैचामा लगेर बलात्कार गरेका थिए ।

प्रकाशित: ३ श्रावण २०७७ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App