१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली र भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

नेपाली र भारतीय नक्कली रुपैयाँसहित पक्राउ परेकाहरु ।

महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको बारा प्रहरीले जनाएको छ।

आदर्शकोतवाल ६ का नरेन्द्रप्रसाद कुशवाहो, सिम्रौनगढ नगरपालिका ५ का मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का सुधिरकुमार कुशवाहा रहेका बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले पक्राउ परेका तीनै जनाको साथाबाट भारती र नेपाली नक्कली रुपैयाँ बरामद गरिएको र उनीहरुसँग थप अनुसन्धान सुरु गरिएको बताएका छन्।

केही व्यक्तिहरुले लागुऔषध खरिद बिक्री र ओसारपसार लगाएतको अवैध कार्य गरिरहेको एक हप्ताअघि पाएको सूचनाको अधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौ र जिल्ला प्रहरी कार्यालयले ती ब्यक्तिहरुलाई खोजतलाश गर्दै जाँदा उनीहरु पक्राउ परेको पगेनीले बताए।

पक्राउ परेकाहरुको साथबाट एक हजार दरको १४६५ थान र सय दरको ७४६ थान गरेर १५ लाख ३९ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ भने हजार दरको पाँच सय दरको २८४ थान, र ५० दरको ७०६ थान गरेर एक लाख ७७ हजार भारतीय नक्कली रुपैयाँ बरामद गरिको पगेनीले बताए।

प्रकाशित: ३ श्रावण २०७७ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App