coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

१ करोड नेपाली नक्कली नोटसहित एकजना भारतीय पक्राउ

भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

नक्कली नोटसहित हेटौँडामा तीन जना पक्राउ

हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।

पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

७ लाखभन्दा बढीको नक्कली नोटसहित महिला पक्राउ

धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ।

सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ।

कपिलवस्तुमा फेला पर्यो नक्कली नोट

कपिलवस्तुको तौलिहवा स्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ।

नक्कली नाेट बनाउने मेसिनसहित पाँच जना पक्राउ

प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ।

नक्कली जाली नोटसहित दुई जना पक्राउ

प्रहरीले बीआर ५० एस ८४०६ नम्बरको मोटरसाईकलमा सवार भारत अररिया रामनगरका ४० वर्षे नवलकिशोर पाल र सोही ठाउँका ३२ वर्षे सुमन पाललाई पक्राउ गरेको हो।

करिब दश लाख नक्कली नोटसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन बरइ ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भंगाहा नगरपालिका ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको रौतहट प्रहरीले जनाएको छ।

ब्राउनसुगर र नेपाली नक्कली नोटसहित एक पक्राउ

दमकस्थित रहेको राधे होटल एण्ड लजको कोठाभित्र ब्राउन सुगर खरीद गरी विक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरी टोलीले दमक ३ बेलडाँगी बस्ने ३२ वर्षीय पुर्ण वहादुर बानियाँलाई पक्राउ गरेको हो।

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्