२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

प्रतिनिधि सभाको आज (मंगलबार)को बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ।

बैठक सुरु हुनेबित्तिकै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।

उक्त दलले हिजोको बैठकमा पनि यसैगरी विरोध प्रदर्शन गरेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८३ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App