coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागू औषधका फरार अभियुक्त पक्राउ

लागू औषधको मुद्दामा दोषी ठहर भए पनि ६ वर्षअघि देखि फरार भएका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । लागू औषध कारोबारमा जिल्ला अदालत उदयपुरले २०७१ वैशाख १३ गते दुई महिना कैद र दुई हजार जरिवाना भराउने फैसला गरे पनि फरार रहेका त्रियुगा नगरपालिका १२ का २८ वर्षीय शोभित चौधरी पक्राउ परेका हुन् ।

६ वर्ष ३ महिनाअघि अदालतबाट दोषी करार भए पनि सजाय भुक्तान नगरी घरमै बसिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले शुक्रबार विहान घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीका अनुसार विशेष सुराकीको आधारमा टोली खटाउँदा उनी घरमै भेटिएपछि नियन्त्रणमा लिइएको हो ।

चौधरीलाई सजाय भुक्तानका लागि शुक्रबार दिउँसै जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १६ श्रावण २०७७ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App