१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

५ वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । सार्वजनिक अपराधमा जिल्ला अदालतबाट ०७२ साल असार २ गते दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तोकिए पनि फरार सूचीमा रहेका जिल्लाको चौदण्डीगढी नगरपालिका २ माडिबासका २९ वर्षीय दिनेश खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खड्कालाई इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको विशेष टोलीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउपछि इलाकाबाट जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रहरीमा बुझाएको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

पुरीका अनुसार खड्कालाई फैसला कार्यान्वयनका लागि बिहीबार दिउँसै जिल्ला अदालत उदयपुरमा बुझाइएको छ ।

प्रकाशित: १५ श्रावण २०७७ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App