६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बसभित्रै लुटपाट गर्ने समूहका चार जना पक्राउ

बसभित्रबाटै पैसा लुटपाट गर्ने समूहका चार जनालाईं इटहरी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । चार दिनअघि इटहरीको पूर्वतर्फको चोकमा यात्रुबाहक बसमा धरान वडा नं. ५७ वर्षे डम्बरप्रसाद बास्तोलाको पैसा लुटपाट गर्ने समूहका चार जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । 

प्रहरीले काभ्रे रोसी वडा नं. ३ का  ३६ वर्षे जितबहादुर ट्वाटी श्रेष्ठ, काभ्रेकै भुङ्लो वडा नं. ८ गरुङ टोलका ३२ वर्षे सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ्, रोसी वडा नं. ५ का २२ वर्षे चिउनी भन्ने युबराज लामा र तिमाल वडा नं. २ धुँवाकोटका २६ वर्षेे कमल लामालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्ने समूहबाट १२ हजार नौ सय नगद बरामद गरिएको छ ।

प्रहीले सार्वजनिक गरेकामध्ये कमललाई तत्काल पक्राउ गर्न सफल भएको र खोजतलासकै क्रममा जितबहादुर, सुजन र युबराजलाई दुई दिनअघि इटहरी वडा नं. २० तरहराबाट पक्राउ गरिएको हो । चारै जनालाई अहिले प्रहरीले डाका र चोरी मुद्दामा अदालताट म्याद थप गरि अनुसन्धान गरि रहेको डिएसपी धर्मराज भण्डारीले जनाए।

प्रारम्भिक अनुसन्धानको क्रममा कमल यसअघि महानगरीय प्रहरी वृत लैनचौरले २०७२ साउन १४ मा डाका चोरी मुद्दामा र महानगरीय प्रहरी वृत गौशलाले २०७५ भदौ २७ मा अभद्र व्यवहारमा मुद्दा चलाई सकेको प्रहरीको रेकर्डमा उल्लेख छ ।  

यस्तै, सनबहादुरलाई महानगरीय प्रहरी परिसरले नै २०७२ असार २३ मा केही सार्वजनिक अपराध, २०७६ जेठ २९ मा डाका, महानगरीय प्रहरी वृत चापागाउँले २०७२ साउन ११ मा अभद्र व्यवहार, महानगरीय प्रहरी वृत वानेश्वरले ०७१ साउन १५ गते केही सार्वजनिक अपराधमा, महानगरीय प्रहरी वृत महाराजगञ्जले ०७४ असोज २५ र ०७४ पुस १२ मा अभद्र व्यवहारमा मुद्दा चलाएको उल्लेख छ ।  

पक्राउ पर्ने जितबहादुर महानगरीय प्रहरी वृत गौशलाले २०७२ चैत २ मा र महानगरीय प्रहरी वृत कालिमाटिले २०७६ साउन १५ मा अभद्र व्यवहार मुद्दा चलाएको उल्लेख छ । घटनामा संलग्न भएका दुई जना फरार भएकाले गर्दा खोजतलास भइरहेको प्रहरीले जनायो ।

डकैत गर्ने समूह साउन ८ गते सुमो रिजर्भ गरी काठमाडाैंदेखि पूर्व क्षेत्र सुनसरी, मोरङ, झापालगायतका जिल्लालाई टार्गेट गरी आएको खुलेको छ । यो समूह शुरुवातमा धरानमा एउटा होटलमा आएर बसेर छ जनामध्ये समूहमा बाढिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने समूहले कवाडी व्यापारी बास्तोलाको साथमा रहेको ९७ हजार ६०० लुटपाट गरेका थिए । लुटपाट गर्ने समूह इटहरीको हलगढाबाट बसमा चढेको थियो । पछि इटहरी चोकको पूर्व पुगेपछि बास्तोलाको रकम लुटपाट गरेको थियो । प्रहरीले पनि लुटेरा समूहलाई बसमै निगरानी गरेर पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित: १३ श्रावण २०७७ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App