९ मंसिर २०८१ आइतबार
image/svg+xml

साँगे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

व्यास नगरपालिका–६ बाह्रबिसे स्थित साँगेखोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीय अंकित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

‘डेलिभरी रोवोट’ हस्तान्तरण

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमवीच शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको छ । अस्पतालहरुमा विरामीहरुलाई औषधि, पानी, खानालगायतका सामानहरु आफै दिन जाने स्वचालित रोवोट कलेजको वोर्ड अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

बाँझो जमिन जोत्ने कार्यक्रम

कोरोना संक्रमणका कारण उत्पन्न हुने खाद्य सुरक्षाको जोखिम कम गर्न भन्दै कर्णाली प्रदेश सरकारले सुरु गरेको बाँझो जमिन जोत्ने अभियान सुरुमै विवादित बनेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सशस्त्र प्रहरीको स्वामित्वमा रहेको एक विघा जमिनमा मकै रोपेर बाँझो जमिन जोत्ने अभियानको सुरुवात गरेका थिए ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

अधुरो प्रेम

२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।

सौर्य उर्जा प्रयोग गरेर खोलाको पानी गाउँमा वितरण

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुमा सोलार सिस्टममार्फत खोलाको पानी गाउँमा निकालिएको छ । प्रदेश सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर–२ ओखलढुंगाको आर्थिक तथा प्राविधिक सहयोगमा सौर्य उर्जा प्रयोग गरेर स्थानीय राबु खोलाबाट १ हजार ६ सय १० मिटर माथि गाउँमा पानी निकालेर वितरण गरिएको हो ।

मध्यवर्ती वनमा बेवारिस अवस्थामा ७ थान बन्दुक बरामद

लकडाउनको मौका छोपेर मध्यवर्ती वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको पाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्र्तगतको रसि गाउँमा रहेको महाकाल मध्यवर्ती क्षेत्र सामुदायिक वनमा बेवारिस अवस्थामा ७ ओटा बन्दुक बरामद गरिएपछि चोरी सिकारी हुने गरेको थाहा हुन आएको हो ।

ट्रेण्डमा ‘नो मेकअप’

बदलिंदो समयसंगै सौन्दर्यको क्षेत्रमा पनि धेरै फेरबदल भएको पाइन्छ । समयसँगै महिलाले गर्ने मेकअपको तौरतरिकामा र मेकअप उत्पादनको छनौटमा पनि परिवर्तन भएको देखिन्छ । व्यस्त जीवनशैलीसंगै सौन्र्दयलाई पनि मध्यनजर गर्दै मेकअपको शैलीमा परिवर्तन आएको सौन्र्दयकर्मी बताउँछन् । बजारमा आएको मेकअपको नयाँ ट्रेण्डको विषयमा सौन्र्दयविज्ञ एवम् कट्स् एण्ड केयर स्किन डेभलपमेन्ट ट्रेनिङ् सेन्टरकी सञ्चालक सुनिता बादेसँग गरेको कुराकानीका आधारमा तयार पारिएको छ ।

ओली, दाहाल र गौतमको फोटो बिगारेर फेसबुकमा राख्ने पक्राउ

विद्युतीय अपराध गरेको आरोपमा सिन्धुलीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यहाँको तीनपाटन गाउँपालिका १ बेलघारी बस्ने २१ वर्षिय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्र्तगत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बलात्कार आरोपमा लिम्बू पक्राउ

मोरङको उर्लाबारीबाट प्रहरीले एक जना युवकलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बूले बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझमा पक्राउ गरेको जनाएको छ ।

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

सामुदायिक वनमा भेटियो भरुवा बन्दूक

रौतहटको एउटा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वन क्षेत्रमा एउटा भरुवा बन्दूक वेबारिसे अवस्थामा फेला परेको छ। वन उपभोक्ता समूहले गठन गरेको वन हेरालु समूहले गस्ती गर्ने क्रममा बेवारिसे भरुवा बन्दूक फेला पारेको हो।

'आत्मनिर्भर कृषि' बन्ने योजनामा स्थानीय सरकार

विराटनगर- कोरोना कहर र लामो लकडाउनले अर्थतन्त्र शिथिल बन्दै गएका बेला स्थानीय सरकार 'आत्मनिर्भर कृषि' को योजना बनाउन जुटेका छन् । नयाँ आर्थिक वर्षको बजेट तयारी चल्दै गर्दा कृषिलाई उच्च महत्व दिने ठहरमा पुगेका प्रदेश १ का अधिकांश स्थानीय तहले सोही अनुसार सहयोग गर्न संघ र प्रदेश सरकारसँग माग गरेका छन् ।

व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी

कोरोना भाइरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।

चोरी निकासी गर्ने दुई भारतीयसहित चार जना पक्राउ

लकडाउनको समयमा नेपाल र भारत दुवैतिर बोर्डर सिल गरिएको तथा सुरक्षाकर्मीको कडा निगरानी रहेको भए पनि तस्करी भने रोकिएको छैन । बुधवारमात्रै चार जना तस्कर पक्राउ पर्नु र लाखौँको सामान बरामद हुनुले सीमा क्षेत्रमा आवश्यक कडाइ हुन नसकेको छर्लङ्ग भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्