९ मंसिर २०८१ आइतबार
image/svg+xml

गाउँपालिका अध्यक्ष कुटपिटको छानबिन गर्न समिति गठन (अपडेट)

कालिकोटको पलाता गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको घटना छानबिन गर्न समिति गठन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालिकोटले जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको नेतृत्वमा नेकपाका नेता चन्द्रबहादुर शाही र अग्रबहादुर विष्ट सदस्य रहनेगरी तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

आन्द्रामा प्वाल पर्दा सिकिस्त भएका तास्मिनको सहयोगमा अभियान (अपडेट)

आन्द्रामा इन्फेक्सन भएपछि सिकिस्त बिरामी भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ (छुप्लुङ)का २४ वर्षीय तास्मिन राईको बचाउका लागि सहयोग अभियान चलाइएको छ । स्वास्थ्यमा समस्या आएपछि डेढ महिनादेखि थलिएका राईको जीवन बचाउका लागि आफन्त तथा शुभेच्छुकले सहयोग अभियान चलाएका हुन् ।

करेला बालीमा अज्ञात रोगको संक्रमण

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन देश लकडाउन भइरहदाँ मारमा परेका किसानहरु तरकारी बालीमा लागेको रोगले चिन्तित छन् । धादिङको थाक्रे गाउँपालिका वडा नं ११ वालुवाफाँट तथा आसपासका क्षेत्रमा लगाइएको करेला बालीमा रोग लागेको छ । ७२ परिवार किसानले दुई सय छ रोपनी जग्गामा लगाएको करेला खेतीमा पँहेलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका हुन् ।

भालुको आक्रमणमा परी एक घाइते (अपडेट)

भालुको आक्रमणबाट खोटाङमा एक युवा घाइते भएका छन् । स्थानीय धुपीढुंगा वनमा गएका बेला भालुको आक्रमणमा पर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २६ वर्षीय जयकुमार राई घाइते भएका हुन् ।

प्रि-बजेट छलफलमा गाँजा खेती विस्तारदेखि अर्थमन्त्रीले हेपेकोसम्मका चर्चा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन्।

किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ (अपडेट)

उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ । किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ । सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ ।

किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ

उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ। किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ। सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ।

किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट

लकडाउनकै बीचमा सिन्धुलीका जुनारको बगैचामा वर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सुरु गरिएको छ । जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गत वर्ष प्रभावकारी देखिएपछि यस वर्ष जुनारको बगैचामा प्रोटिनबेट (औषधि) छर्न सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ ।

बढी मूल्यमा युरिया मल बेचेको आरोपमा एक पक्राउ

युरिया मलको चरम अभाव भएको मौका छोपेर सिन्धुलीमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउन भएकै समयमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक व्यापारीलाई पक्राउ गरेको हो ।

भीरबाट लडेर महिलाको मृत्यु (अपडेट)

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–९ की ३० वर्षीया कलावती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेस्तोल र गोलीसहित सम्पर्कविहिन प्रहरी मृत फेला

पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए।

ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन (अपडेट)

‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ....’राष्ट्रभक्तिपूर्ण यो गीतले भने झैं बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पूर्वी पहाडदेखि सुदुरपश्चिमसम्मका नेपाली नागरिकले ताप्लेजुङका आगलागी पीडितका लागि सहयोग प्रदान गरेका छन् ।

पर्खाल भत्किदा एक जनाको मृत्यु (अपडेट)

पर्खाल भत्किदा दार्चुलामा एक जनाको मृत्यु भएको छ । ब्याँस गाउँपालिका–४ का ५२ वर्षीय सुकराम कामीको मृत्यु भएको वडा नं. ६ हुतीका वडाध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए ।

भीरबाट लडेर एक जनाको ज्यान गयो (अपडेट)

रसुवामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, का ३५ वर्षीय मिलन नगरकोटी (तामाङ) रहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था

खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोपको व्यवस्था गरिएको छ । गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा रेबिजविरुद्धको एन्टी रेबिज भ्याक्सिनको व्यवस्था मिलाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्