९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सामुदायिक वनमा भेटियो भरुवा बन्दूक

रौतहटको एउटा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वन क्षेत्रमा एउटा भरुवा बन्दूक वेबारिसे अवस्थामा फेला परेको छ। वन उपभोक्ता समूहले गठन गरेको वन हेरालु समूहले गस्ती गर्ने क्रममा बेवारिसे भरुवा बन्दूक फेला पारेको हो।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटारमा गठन गरिएको तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको वन हेरालु समूहले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा अबैध भरुवा बन्दूक फेला पारेको हो। तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको ब्लक नम्बर ७ को कटान क्षेत्रमा हेरालु समूहले बेवारिसे अवस्थामा एक थान कटुवा बन्दूक फेला पारेपछि हेरालु समूहले तत्काल उपभोक्ता समूहका अध्यक्ष राजु धामीलाई खबर गरेको थियो।

 उपभोक्ता समूहको क्षेत्राधिकारभित्र फेला परेको बेवारिसे बन्दूकलाई उपभोक्ता समूहका अध्यक्ष राजु धामीले तत्काल डिभिजन वन कार्यालय रौतहटलाई हस्तान्तरण गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर अध्यक्ष धामीले डिभिजन वन कार्यालयलाई बेवारिसे बन्दूक बुझाएको जानकारी गराएका छन्।

अध्यक्ष राजु धामीले वन्यजन्तुको अबैध चोरी सिकारीको लागि बनक्षेत्रमा प्रवेश गरेका शिकारीहरुले बन्दूक फालेको हुन सक्ने र हेरालु समूहको गस्ती टोलीलाई देखेर फालेर भागेको हुन सक्ने बताएका छन्।  

गैंडाटारको वन क्षेत्रमा २०÷२५ जनाको तस्कर समूह सक्रिय रहेको स्थानीयको गुनासो बढेपछि हेरालु समूहलाई परिचालन गरिएको समूह अध्यक्ष धामीले दाबी गरेका छन्। हेरालु समूहको गस्ती निगरानी बढेपछि काठको तस्करी तथा वन्य जन्तुको चोरी निकासी पनि नियन्त्रणमा आएको धामीको दाबी छ।  

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App