लकडाउनले बाँझो जग्गामा खेती
काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर आठ सय बोट कागती रोप्न सुरु गरेका छन् ।
काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर आठ सय बोट कागती रोप्न सुरु गरेका छन् ।
सर्लाहीका उखु किसान हरिश्याम रायको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बित्छ, तर मल पाउँदैनन्। ‘यसपटक समयमै पानी परेकोले उखुमा अगाडि नै मल राखेर माटो भर्नुपर्ने थियो।
पूर्वी चितवनका एक शिक्षक शिक्षण पेसा छाडेर कागती खेतीमा लाग्दा मुनाफा लिन सफल भएका छन् । यस वर्ष १० लाखको कागती बिक्री गर्ने उनको लक्ष्य छ । १७ वर्ष शिक्षण पेसाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन् ।
जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र कैद भइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन्
वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो ।
महामारी सधैँ यस्तै रहँदैन यसपछि देशले पक्कै नयाँ दिशा लिनेछ । ‘स्वदेशी वस्तुको उपभोग र आन्तरिक उत्पादनलाई उपभोग गर्दै खाली जमिनलाई खेर जान नदिई कृषियोग्य भूमिको पूर्ण उपयोग गर्ने’ यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा पारिएको छ । यो नारालाई व्यवहारमा उतार्न सके कृषि क्षेत्रमा परिवर्तन ल्याउन नसकिने होइन ।
खेतीमा सही तरिकाले पानी हाल्नुपर्छ । मैले ड्रागन फ्रुटको बोटमा धेरै पानी राखेकाले त्यसको जरा कुहियो ।
जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।
सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ । बन्दाबन्दीले युवामा नयाँ जोंस र कृषि पेसामा आकर्षण थपेको छ ।
भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।
धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।
देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।
उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् त केही बिग्रेको बजार देखेर खिन्न छन् ।
केही वर्ष अघिसम्म सिस्नुलाई एउटा वनस्पतिको दृष्टिकोणले मात्र हेर्ने गरिन्थ्यो । गाउँघरको बारी, डिल, काल्ला, पाखामा फल्ने सिस्नुको खासै महत्व थिएन । थोरैले मात्र तरकारीको लागि प्रयोग गर्थे । धेरैले त घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गर्थेे । तर अहिले मानिसहरुले यसको महत्व बुझेर यसलाई सिस्नु फाँडेर फाल्नुको साटो संरक्षण गर्न थालेका छन् । केही ठाउँमा भने यसैलाई आम्दानीको श्रोत बनाएका छन् ।
पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।