८ वैशाख २०८१ शनिबार
समाज

मकैमा फौंजीकिराको प्रकोप

मकैमा लागेको फौंजीकिराको प्रकोप जानकार लिँदै कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख । तस्बिरः नागरिक ।

जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको उनले बताए । फौंजीकिराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको चन्दले बताए । मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौंजीकिराको प्रकोपले यसको उत्पादनमा असर पार्ने देखिएको छ ।

जिल्लाको पुर्चौडी क्षेत्रमा पनि मकैबालीमा किराको प्रकोप देखिएको छ । भर्खरै उम्रेका मकैमा किरा लाग्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिँदै आएको छ ।         

प्रकाशित: २३ जेष्ठ २०७७ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App