९ आश्विन २०७७ शुक्रबार
ज्योति श्रेष्ठ


ज्योति श्रेष्ठका लेखहरु :

घरेलु विधिबाटै मनिकेयर र पेडिकेयर

सौन्दर्य नारीको महत्त्वपूर्ण गहना हो । यसलाई पहिचान र व्यक्तित्वसँग जोडेर हेर्न थालिएको छ । सौन्दर्यसँगै सजगता अपनाउनुपर्ने हुन्छ । पहिलो नजर अनुहारतिर जान्छ । यसैकारण मानिस आफ्नो अनुहारको विशेष ख्याल गर्छन् । तर, अनुहारसँगै हातखुट्टाको स्याहार गर्नु पनि उत्तिकै जरुरी हुने सौन्दर्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।

लकडाउनमा महिला तथा बालबालिका हिंसाका घटना बढ्दै

कोरोना जोखिम बढेपछि सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै विभिन्न स्थानमा हिंसाका घटना बढ्दै गएको पाइएको छ ।

लकडाउन उल्लंघन गरेका सवारीबाट १० लाख ४५ हजार राजश्व संकलन

सरकारले कोरोना भाइरस रोकथामको लागि चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्मको लागि लम्ब्याएको छ । लकडाउन लम्बिदैँ गएसँगै सर्वसाधरणले लकडाउनको अवज्ञा गर्न थालेका छन् ।

गर्मीमा यसरी शृंगार गर्नुहाेस्

समयअनुसार शृंगार (मेकअप) गर्ने गरिन्छ । गर्मीमा शृंगार गर्ने आफ्नै तौरतरिका हुन्छन् । यतिबेला ज्यादै पसिना आउने भएकाले मेकअप जोगाउनै गाह्रो हुन्छ । शृंगारलाई लामो समयसम्म टिकाउन अनेक विधि अपनाउन सकिन्छ ।

संरक्षणका लागि सिस्नु खेती गर्दै स्थानीय तह

केही वर्ष अघिसम्म सिस्नुलाई एउटा वनस्पतिको दृष्टिकोणले मात्र हेर्ने गरिन्थ्यो । गाउँघरको बारी, डिल, काल्ला, पाखामा फल्ने सिस्नुको खासै महत्व थिएन । थोरैले मात्र तरकारीको लागि प्रयोग गर्थे । धेरैले त घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गर्थेे । तर अहिले मानिसहरुले यसको महत्व बुझेर यसलाई सिस्नु फाँडेर फाल्नुको साटो संरक्षण गर्न थालेका छन् । केही ठाउँमा भने यसैलाई आम्दानीको श्रोत बनाएका छन् ।

राहत वितरणमा नयाँ अभ्यास, ‘मामका लागि काम’

वडाबासीको लागि सडक सफा तथा मर्मत, झाडी सरसफाइ, बाटो, कुलो बनाउने जस्ता काम वडाले दुई दिन सञ्चालन गरेको थियो । कामपश्चात उनीहरुलाई चिनी, दाल, नुन, तेल, चामल लगायतका अत्यावश्यक खाद्यन्न सामग्री राहतमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कोरोना त्रास : बालमस्तिष्कमा कत्तिको असर ?

विशेषत :अहिले देशदेखि विदेशसम्म कोरोनाको प्रभाव कहाँ कस्तो भइरहेको छ भनेर हामी परिवार नै समाचार हेर्न गर्छौ । आफूसँगै समाचार हरिरहेको बालबालिकामा त्यो समाचारले उनीहरुको बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भनेर धेरैले सोचेको हुँदैन

लकडाउनले प्रभावित कृषक, तरकारी बजारीकरणमा समस्या

तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । उनका अनुसार लकडाउनका कारण विशेष गरेर कृषकहरु प्रभावित भएका छन् ।

बेथानचोकमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

विशेष गरेर किशोरीहरुले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्