coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गरेका सवारीबाट १० लाख ४५ हजार राजश्व संकलन

सरकारले कोरोना भाइरस रोकथामको लागि चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्मको लागि लम्ब्याएको छ । लकडाउन लम्बिदैँ गएसँगै सर्वसाधरणले लकडाउनको अवज्ञा गर्न थालेका छन् ।

लकडाउनको ७७ औँ दिन बितिसक्दा पनि लकडाउन खुल्ने नखुल्ने बारे सरकारले ठोस निर्णय लिन नसकेपछि जिल्लामा लकडाउन उल्लंघन गर्नेको संख्या बृद्धि हुँदै गएको छ । लकडाउनको पालना नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिजोबाट सवारी चेकजाँचमा थप कडा गरेको छ । सर्वसाधरणमा लकडाउन खुकुलो भएको भन्ने भ्रमले अनावश्यक रुपमा सवारी गुड्न थालेपछि चेकजाँच कडा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमारविक्रम थापाले बताए ।

पछिल्लो समय जिल्लामा अनावश्यक रुपमा सवारी बढि गुुड्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लकडाउन अवधि (चैत्र ११देखि जेष्ठ २५ गतेसम्म) जिल्लामा अनावश्यक रुपमा गुडेका १२ सय ५० सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेका उक्त सवारीबाट कार्यालयले १० लाख ४५ हजार राजश्व संकलन गरेको छ ।  

चैत्र महिनामा लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारीबाट कार्यालयले १ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने, वैशाख महिनामा नियन्त्रणमा परेका ४ सय सवारीबाट ३ लाख ६१ हजार ५ सय रुपैँया संकलन भएको थियो । त्यस्तै जेठ २५ गतेसम्मको तथ्याङ्कमा ६ सय सवारीबाट ५ लाख ६५ हजार रुपैँया राजश्व संकलन भएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।  

मोटरसाइकलबाटै ७ लाख ७७ हजार ५ सय राजश्व

जिल्लाभर लकडाउन उल्लंघन गर्ने सवारीमध्ये सबैभन्दा मोटरसाइकललाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख विशाल तामाङले बताए । उनका अनुसार लकडाउन उल्लंघन गरेर कार्वाहीमा परेका मोटरसाइकलबाट मात्रै ७ लाख ७७ हजार ५ सय राजश्व संकलन भएको छ । लकडाउन अवधिमा प्रहरीले नियन्त्रणमा लिएको २ सय ७७ ट्रकबाट २ लाख ६५ हजार, ४ वटा बसबाट २५ सय र ९ सय ६९ मोटरसाइकलबाट ७ लाख ७७ हजार ५ सय राजश्व संकलन गरेको कार्यालयको विवरणमा उल्लेख छ ।  

प्रकाशित: २७ जेष्ठ २०७७ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App