२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

कांग्रेस राष्ट्रिय सभामा थप रचनात्मक र जिम्मेवार हुने

नेपाली कांग्रेसले जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ।

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ।

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ।

भोलिदेखि मौसमी गतिविधि बढ्ने

बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो ।

मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’ मा आज दिउँसो बम विस्फोट भएको छ।

आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ ।

कांग्रेसले ६०-७० सिट ल्याउने आशा थियो, लज्जाजनक भयो: रामहरि

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।

सक्षम अनुहारलाई रोक्ने प्रवृत्तिले यस्तो परिणाम आयो: खतिवडा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावमा पार्टीको पराजय र जनताको वितृष्णा बढ्नुमा टिकट बाँडफाँटमा देखिएको विकृति मुख्य कारण रहेको बताएका छन्।

कक्षा ८ को उत्तीर्ण परीक्षाका लागि ५७ केन्द्र तोकियो

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ।

दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ

रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

रौतहट सामूहिक कुटपिटका घटना: ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

‘निर्वाचन परिणाम अप्रत्याशित छ, हामीले जनताको असन्तुष्टिलाई बेलैमा बुझ्न सकेनौं’

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भर्खरै सम्पन्न निर्वाचनको परिणाम कांग्रेसका लागि अनपेक्षित रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्