coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गर्मीमा यसरी शृंगार गर्नुहाेस्

समयअनुसार शृंगार (मेकअप) गर्ने गरिन्छ । गर्मीमा शृंगार गर्ने आफ्नै तौरतरिका हुन्छन् । यतिबेला ज्यादै पसिना आउने भएकाले मेकअप जोगाउनै गाह्रो हुन्छ । शृंगारलाई लामो समयसम्म टिकाउन अनेक विधि अपनाउन सकिन्छ ।  

बजारमा ‘वाटरप्रुफ’ निकै चर्चामा छ । यसले फ्रेस लुक दिनुको साथै शृंगारलाई दिनभर टिकाउँछ । छालामा भएका भित्री प्वाल बन्द गराई बाहिरी फोहोर पस्न दिँदैन । शृंगार गर्ने निम्न तरिका र सामग्री यस्ता छन्ः

कोल्ड कम्प्लेक्सन  

गर्मीमा शृंगार गर्दा कोल्ड कोल्ड कम्प्लेक्सन विधि निकै फलदायी हुन्छ । कोल्ड कम्प्लेक्सन प्रयोग गर्दा चिसो पानी, रोज वाटर र स्किन टोनर आवश्यक पर्छ । यी तीन  सामग्रीलाई राम्रोसँग घोल्नुपर्छ । कपासको सहायताले यसलाई अनुहारमा लगाउनुपर्छ । यसले अनुहारमा चमक दिनुको साथै शृंगारलाई लामो समयसम्म टिकाइराख्छ ।

जेल र वाटर बेस  

गर्मीका कारण शृंगार चाँडै पग्लिन सक्छ । तर,  जेल र वाटर बेसको प्रयोग गरिएमा शृंगार चाँडै पग्लिँदैन । गर्मीमा सुन्दरता जोगाइराख्न उपयोगी मानिएको यो अहिले बजार खुबै चर्चामा छ ।

पाउडर

पाउडरले शृंगारलाई सेट गर्ने काम गर्छ । गर्मीमा शृंगार नबिग्रियोस् भन्नका लागि  पाउडर प्रयोग गरिन्छ । तर, पाउडर प्रयोग गर्दा  धेरै कुरामा ध्यान दिनुपर्छ । गर्मी मौसमका लागि लुज पाउडर, राइस पाउडर, ब्याम्बो पाउडर, टिएल पाउडर राम्रो मानिन्छ । यो फाउन्डेसन प्रयोग गरेपछि शृंगार गर्न सकिन्छ । यसको प्रयोगले सुन्दरतामा अझ धेरै निखारता ल्याउँछ ।  

शृंगार  गर्दा के लगाउने ?

लिपस्टिकः ओठमा लगाएको लिपस्टिक लामो समयसम्म टिकाइ राख्न म्याट ब्रान्डको लिपिस्टिक लगाउनुपर्ने हुन्छ ।

ब्लसरः बजारमा पाइने विभिन्न ब्लसरमध्ये गर्मीका लागि भने क्रिम ब्लसर नै राम्रो हुन्छ ।  

आइब्रोः आइब्रोको मेकअप गर्दा केक बेसको प्रयोग गर्नु उपयोगी मानिन्छ ।

मस्कारा र लाइनरः गर्मीमा पसिना मात्र नभएर पानीले मस्कारा र लाइनर पनि बिग्रने डर हुन्छ । त्यसकारण वाटरप्रुफ मस्कारा र लाइनर लगाउनु नै राम्रो मानिन्छ ।  

जेल बेस प्राइमरः मेकअपमा प्राइमरको महत्त्व हुन्छ । यसले अनुहारमा चमक दिने काम गर्छ । गर्मीमा जेल बेस भएको प्राइमर प्रयोग गर्नुपर्ने हुन्छ । यसले मेकअपलाई लामो समयसम्म टिकाइ राख्छ ।

केक बेस हाइलाइटरः अनुहारमा ग्लो ल्याउनको लागि हाइलाइटरको प्रयोग गर्ने गरिन्छ । यो समयमा केक बेस भएको हाइलाइटर प्रयोग गर्दा राम्रो हुन्छ ।  

मेकअप फिक्सरः मेकअप फिक्सर मेकअप सकिएपछि लगाएको मेकअपलाई सेट गर्न गर्ने गरिन्छ । यसको प्रयोगले सौन्र्दयलाई लामो समयसम्म टिकाइ राख्छ ।  

गर्मीमा मेकअपसँगै छालाको स्याहार  

गर्मीमा हल्का मेकअप नै उपयुक्त हुन्छ । तर,  सुन्दरता कायम राख्न हामीले विभिन्न खाले सौन्र्दय सामग्री लगाएका हुन्छौं । हामीले सौन्दर्य सामग्री लगाएपछि अनुहारको चमक बिग्रन नदिन छालाको स्याहार पनि गर्नुपर्ने हुन्छ । मेकअपसँगै छालाको स्याहारका लागि हामीले सिटिएम विधि अपनाउनुपर्ने हुन्छ । सिटिएम अर्थात्ः

क्लिनजिङः  क्ल्निजिङले छालालाई सफा गर्ने काम गर्छ ।

टोनरः  यसले छालामा भएको पोटेन्सी हाइड्रोजनलाई सन्तुलन कायम गर्न मद्दत गर्छ ।  

मोइस्चराइजर  ः यसले अनुहारमा लचकता दिनुको साथै छालामा चमक दिने काम पनि गर्छ ।

क्ल्निजिङ, टोनर र मोइस्चराइजर मेकअप गर्नुअघि र मेकअप गरेपछि प्रयोग गर्नुपर्छ । यसले छालालाई स्वस्थ्य राख्न मद्दत गर्नुको साथै मेकअपलाई लामो समयसम्म टिकाइ राख्न सहयोग पुर्याउँछ ।  

गुणस्तरीय उत्पादनको प्रयोग

हामीले प्रयोग गर्ने सौन्र्दय सामग्रीको गुणस्तरको आधारमा पनि मेकअप कति लामो समयसम्म टिक्छ भन्ने कुराले पनि निर्धारण गर्छ । आफ्नो सौन्र्दयलाई लामो समयसम्म टिकाइ राख्न र स्वास्थ्यको हिसाबले पनि हामीले गुणस्तरीय सौन्दर्य सामग्री प्रयोग गर्नुपर्ने हुन्छ । अहिले बजारमा नो मेकअप अर्थात् नेचुरल मेकअपको ‘ट्रेन्ड’ रहेको छ । जसमा हामीले गुणस्तरीय सौन्दर्य सामग्री मात्र प्रयोग गर्छौं ।

(नागरिककर्मी ज्योति श्रेष्ठले काठमाडौं नक्सालस्थित आइटिसी डिभलपमेन्ट ट्रेनिङ सेन्टरकी प्रबन्धक एवं सौन्दयैविद् रुस्का श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App