८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

घरेलु विधिबाटै मनिकेयर र पेडिकेयर

सौन्दर्य नारीको महत्त्वपूर्ण गहना हो । यसलाई  पहिचान र व्यक्तित्वसँग जोडेर हेर्न थालिएको छ । सौन्दर्यसँगै सजगता अपनाउनुपर्ने हुन्छ । पहिलो नजर अनुहारतिर जान्छ । यसैकारण मानिस आफ्नो अनुहारको विशेष ख्याल  गर्छन् । तर, अनुहारसँगै हातखुट्टाको स्याहार गर्नु पनि उत्तिकै जरुरी हुने सौन्दर्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।

हातखुट्टाको स्याहारका लागि  मनिकेयर र पेडिकेयर  विधि अपनाउने गरिन्छ । हात तथा नङको सरसफाइ नै मनिकेयर हो ।  यसले हातको सौन्दर्य बढाई सफा तथा कोमल र आकर्षक बनाउन सहयोग गर्छ । यसलाई हात सुशोभित गर्ने विधि पनि भनिन्छ । त्यस्तै, पेडिकेयर भन्नाले पैताला तथा खुट्टाको सरसफाइ भन्ने बुझिन्छ । यस विधिमार्फत फाटेको कुर्कुचोको सफाइ पनि गरिन्छ । यसले खुट्टा सफा र नरम बनाइराख्छ ।  

मनिकेयर तथा पेडिकेयरले स्वास्थ्यमा फाइदा पु¥याउँछ र सौन्दर्य बढाउन  मद्दत पुग्ने भएकाले  यसतर्फ आकर्षण बढ्दै गएको छ । बडी स्पा सेन्टर, मसाज सेन्टर तथा पार्लरहरुले मनी केयर र पेडी केयर सेवा दिन्छन् ।  बन्दाबन्दीका कारण स्पा, मसाज तथा पार्लरहरु यो सेवा उपलब्ध गराउन सकेका छैनन् ।

यो समयमा घरमै मनी केयर तथा पेडी केयर गर्न सकिने सौन्दर्यविज्ञ शोभा नकर्मी बताउँछिन् । उनका अनुसार भान्सामा उपलब्ध सामग्री प्रयोग गरेर मनिकेयर तथा पेडिकेयर गर्न सकिन्छ । त्यसका लागि निम्न विधि अपनाउनुपर्छ :

 मनतातो पानीमा आधा चम्चा बेकिङ पाउडर, आधा चम्चा नुन, एक चम्चा स्याम्पु र १५ थोपा डिटोललाई एउटा कचौरामा राखेर घोल्नुपर्छ ।

 १५ देखि २० मिनेटसम्म उक्त पानीमा हात डुबाएर राख्नुपर्छ । त्यसपछि सफा पानीले हात धुनुपर्छ ।  

 फेरि एउटा कचौरामा कागती र मनतातो पानीमा ३ देखि ४ मिनेटसम्म हात डुबाउनुपर्छ । बाँकी भएको कागतीको बोक्राले बिस्तारै मसाज गर्नुपर्छ । मसाज गरिसकेपछि सफा पानीले फेरि हात धुनुपर्छ ।  

 एउटा कचौरामा गोलभेंडा, चिनी र बेसनको पिठोको मात्रा मिलाएर घोलेको मिक्स प्याकले ३ देखि ५ मिनेटसम्म स्क्रब गर्नुपर्छ । राम्रोसँग स्क्रब गरिसकेपछि फेरि सफा पानीले हात धुनुपर्छ ।  

 हातको छालाको चिल्लो पदार्थ र पोषणको कमीले धेरै समस्या देखिन सक्छ । त्यसकारण हामीले यी सबै गरिसकेपछि अन्त्यमा हातलाई मुलायम बनाउन  घिउकुमारी, जैतुनको तेल र भिटामिन इ क्याप्सुल मिक्स गरेर मोइस्चाराइजरका रुपमा प्रयोग गर्नुपर्छ ।  

 यही विधि पेडी केयरका लागि पनि प्रयोग गर्न सकिन्छ ।  

प्रकाशित: २९ जेष्ठ २०७७ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App