बेसार खेतीमा किसान आकर्षित
रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ । बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरू बेसार खेतीप्रति आकर्षित भएका हुन् ।
रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ । बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरू बेसार खेतीप्रति आकर्षित भएका हुन् ।
रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ। बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरु बेसार खेतीप्रति आकर्षित भएका हुन्।
गजुरी गाउँपालिका वडा नं ६ मिलनटारकी रीता अधिकारीले पहिलो पटक प्लास्टिक हाउस (टनेल) मा गोलभेडा खेती गरेकी छन्। पुस्तौँदेखि खुल्ला ठाउँमा तरकारी खेती गर्दै जीविका धान्दै आइरहेका उनले टनेलमा खेती गर्दा खुसी लागेको बताइन्।
आलुको आयात प्रतिस्थापन गर्दै आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुने उद्देश्यले तिलोत्तमा नगरपालिकामा सामूहिक आलुखेती सुरु गरिएको छ ।
गाउँमा पुरानै पेशा छ। मकै, कोदो र आलु लगाउने। नगदेबालीतिर ध्यान खासै दिएका छैनन्। पुरानै परम्परागत पेशासँगै रोजगारी सृजना गर्दै आयआर्जन गर्ने तर्फ युवापुस्ता सक्रिय हुँदै गएको छ। बाझो जमिनको रुपमा रहेको खरबारीमा छोमरोङका युवाहरु सतुवा खेती सुरु गरेका छन्।
वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।
रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ। पहिले गोडभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ।
‘यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन्। विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन’, खत्रीले भने– ‘स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन।’
गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराका युवा टेकेन्द्र धामी टिस्यु कल्चर प्रविधिबाट केराका बेर्ना उत्पादन गर्ने नेपालकै पहिलो व्यक्ति हुन्। उनी विगत नौ वर्षदेखि केरा खेतीमा संलग्न छन्। उनी वार्षिक टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेका केराका ३ लाख बेर्ना बेच्छन्।
तीन सय रोपनी जमिनमा चार हजार तीन सय ७० विरुवा रोपिएको छ। अर्गानिक स्याउ, जुस, जाम र वाइन उत्पादन गर्ने योजना।
परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषि उत्पादन वृद्धि हुन नसकिरहेको बेला बागमती प्रदेशका पाँच जिल्लामा जग्गाको चक्लाबन्दी गरेर सामूहिक खेती सुरु गरिएको छ। खेतीयोग्य भूमिको खण्डीकरण, घडेरीकरण, बाँझो भइरहेको अवस्थामा जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्न सात हजार सात सय रोपनीमा सामूहिक खेती अघि बढाइएको हो।
राप्ती नदीले कटान तीव्र पारेपछि बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका लालबिहारी थारु चिन्तामा छन् । वर्षभरीको खर्च धान्ने खेतबारी नै नरहेपछि उनलाई चिन्ता बढेको हो ।
धादिङको गजुरी गाउँपालिका वडा नं ७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम सातातिर चार रोपनी खेतमा धानखेती गरे। धानको बीउ छर्नदेखि रोपाई गर्नसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ। केही दिनदेखि आएको बर्षासँगैको बाढीले धानखेती सखाप बनाएपछि उनी चिन्तित छन्। धानखेती गरेर उब्जनी बढाउने उनको सपना बगरमा परिणत भएको छ।
आज साउन पन्ध्र, खीर खाने दिन । खीर पकाउन चाहिन्छ दूध र चामल । चितवन दूधमा आत्मनिर्भर छ, चामलमा छैन । चामलका लागि असार र साउनमा रोपाइँ गरिन्छ ।