१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकरातमै बगर बन्यो धानखेती

गजुरी गाउँपालिकाको किरान्चोकमा बाढीले बगर बनाएको धानखेती। तस्बिर सौजन्य : विक्रम अधिकारी

धादिङको गजुरी गाउँपालिका वडा नं ७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम सातातिर चार रोपनी खेतमा धानखेती गरे। धानको बीउ छर्नदेखि रोपाई गर्नसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ। केही दिनदेखि आएको बर्षासँगैको बाढीले धानखेती सखाप बनाएपछि उनी चिन्तित छन्। धानखेती गरेर उब्जनी बढाउने उनको सपना बगरमा परिणत भएको छ।  

खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, मलबीउको अभाव, महङगो ज्याला लगायतका समस्याका बाबजुद गरेको धानखेती छिनभरमै बगरमा परिणत भएको अधिकारीले बताए। ‘ठूलै मेहनत गरेर खेत रोपेका थियौँ, भीषण वर्षासँगैको बाढीले एकरातमै बगरमा परिणत बनायो’ उनले भने, ‘अब दोहो¥याएर खेत रोप्न पनि बीउ छैन, यो वर्ष खेत बाँझै हुने भयो।’ दुईवर्ष अघिपनि बाढीले धानखेती बगाएर सोत्तर बनाएको थियो। त्यतिबेला वडा, गाउँपालिकाका प्रतिनिधि आए राहत दिने आश्वासन दिए तर नदिएको उनले गुनासो गरे।  

 

बाढीले गजुरी गाउँपालिकाको वडा नम्बर ७ पात्ले र वडा नं ८ को आँपबोगटेका किसानको खेतीयोग्य जमिनमा क्षति गरेको हो। वर्षाका कारण साना खोल्सामा पानीको बहाब बढेर खेत नै बगाएको छ। अहिले ती खेतियोग्य जमिन ढुङ्गाको बगरमा परिणत भएको छ। बाढीले खेतीयोग्य जमिनमा क्षति पु¥याएपछि सोही ठाउँका चिना अधिकारी चिन्तित छन्। गजुरी गाउँपालिकाको २५ रोपनी धानबाली बगरमा परिणत भएको छ। त्यसको क्षति संकलन कार्य भइरहेको छ।  

तीन रोपनी खेतमा धान लगाएकी चिना अधिकारी पनि बाढीले धानखेती बगर बनाईएपछि चिन्तित छिन्। ‘असारमा रोपाई सकायौँ जसोतसो मल पनि राखेर गोड्ने तयारीमा थियौँ,’ उनले भनिन्, ‘कोरोनाको डरबीच रोपेको खेत हेर्दाहेर्दै रोपो नै पुरेर बगर बन्यो, अब रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता छ।’ खेती किसानीबाट नै आठ जनाको परिवार धानिरहेका उनी अब खाद्यन्न समस्या हुने भन्दै चिन्तित बनेका छन्।  

किसानले असार महिनाभरि मेहेनत गरेर लगाएको धानबाली वर्षाको पानीले एक रातमै बगरमा परिणत गरिदिएपछि किसानहरु चिन्तित भएका छन्। निरन्तर परेको वर्षासँगै आएको बाढीपहिरोले रोपाइँ सकिएका जिल्लाका अधिकांश खेतमा क्षति पु¥याएको छ। अघिल्ला वर्षहरुमा पनि यस्तै समस्या भोग्दै आइरहेका किसानहरुले यो वर्षपनि सोही समस्या भोग्नु परेको छ। क्षतिबारे अघिल्ला वर्षमा क्षतिपूर्ति नपाएको भन्दै यो वर्ष वडा, गाउँपालिकामा जानकारी नगराएको किसानहरुको भनाई छ। 

प्रकाशित: २४ श्रावण २०७७ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App