४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेसार खेतीमा किसान आकर्षित

रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ । बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरू बेसार खेतीप्रति आकर्षित भएका हुन् ।

रौतहटको गढीमाई नगरपालिका वडा नं २ समनपुरका कामेश्वर सहनीले दाजुभाइ मिलेर करिब डेढ बिघा जमिनमा बेसार खेती गरेका छन् । समनपुरमा करिब ५० बिघा खेतमा बेसार लगाइएको सहनीको भनाइ छ । मुख्यगरी बागमती नदीको बगर र त्यसको आसपासमा बेसार खेती गरिएको सहनीको भनाइ छ । बेसार खेतीका लागि बागमती नदीको बगरको माटो उपयुक्त भएकाले र यस वर्ष बेसार खेतीको लागि उपयुक्त पानी परेको हुनाले बेसार खेती फस्टाएको र उत्पादन राम्रो हुने विश्वास लिएको अर्का किसान सन्तोष सहनीको दाबी छ । बेसार खेतीका लागि मौसम उपयुक्त भएकाले अपेक्षा गरेको जस्तो बेसारको उत्पादन हुने र अहिले बेसारको मूल्य पनि राम्रो रहेकाले किसानले पर्याप्त आम्दानी गर्ने सम्भावना रहेको पनि सहनीको भनाइ छ ।

गढीमाई नगरपालिकाको समनपुर, बलुवा, धर्मपुर, बखरी, पकाहा, बलुवा, हरैयालगायत गाउँका किसानले व्यावसायिक बेसार खेती गरेका छन् । व्यावसायिक बेसार खेतीप्रति किसानको आकर्षण बढेको देखिएको छ ।  

बेसार खेती पनि नगदे बाली भएको र तत्कालै नबिग्रिने भएकाले किसानको आकर्षण बेसार खेतीप्रति बढेको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवको भनाइ छ । ‘उत्पादन पनि राम्रो हुने र हातमा नगद पनि पर्ने भएकाले किसान बेसार खेतीप्रति आकर्षित भएका हुन्,’ मेयर यादवले भने ।

प्रकाशित: २२ मंसिर २०७७ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App