१६ वैशाख २०८१ आइतबार
image/svg+xml

हिउँमा फसेका मान्छे नभेटेपछि उद्धार गर्ने हेलिकोप्टर रित्तै फर्कियो

शनिबार बिहान टेलिफोन गरेर हेलिकप्टरबाट आफूहरुको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए। उहिले उनीहरुसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए।

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए।

तुम्लिङ फसेका चार विदेशीको उद्धार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो।

दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर

तुइन फुकालेर जयसिंह धामीलाई महाकालीमा बगाएको पीडा ताजै रहेका बेला भारतीय हेलिकोप्टर सदरमुकामकै आकाशमा उडाइनुलाई स्थानीयले भारतको हेपाहा प्रवृत्ति भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अनुमतिबिना हाम्रो सदरमुकामको अकाशमा भारतले हेलिकोप्टर उडाउनु हेपाहा प्रवृत्ति हो, यस्तो दादागिरी रोकिनुपर्छ,’ महाकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्करराज जोशीले भने।

दुर्गममा हेलिकोप्टर नै एम्बूलेन्स!

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थाले अन्यत्र रेफर गर्छ। तर, सडकको दूरावस्था भएका कारण रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीलाई गाडीमार्फत सुविधा सम्पन्न अस्पताल पुर्‍याउने सहज अवस्था अझै बनिसकेको छैन।

संक्रमितलाई निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्न सरकारसमक्ष माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेका छन् ।

संक्रमितलाई अस्पताल पुर्‍याउन साढे तीन लाखमा हेलिकोप्टर चार्टर

खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साढे तीन लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको हो ।

हेलिकोप्टर कम्पनीले बढी शुल्क लिएमा क्यानमा सिधै सम्पर्क गर्न आग्रह

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ।

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो। भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन। महामारी उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो।

कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्वारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ।

दुलही लिन हेलिकोप्टर चार्टर्ड !

आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

नेकपाका दुई समूहको झडपमा घाइते वडाध्यक्षको हेलिकोप्टरमार्फत उद्दार

आइतबार दिउँसो नेकपा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप हुँदा वडाध्यक्ष थापा घाइते भएका हुन् ।

याम्फुदिनका घाइतेको काठमाडौंमा उपचार सुरु

अन्धाधुन्ध बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट सख्त घाइते ६० वर्षीया फुटी भोटे,१८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिइसकेको छ।

उद्धार गर्न सेनाका हेलिकोप्टर तयारी अवस्थामा

बाढीपहिरोमा परेकाको तत्काल उद्धार र राहत वितरणका लागि नेपाली सेनाले काठमाडौं, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्