३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उद्धार गर्न सेनाका हेलिकोप्टर तयारी अवस्थामा

बाढीपहिरोमा परेकाको तत्काल उद्धार र राहत वितरणका लागि नेपाली सेनाले काठमाडौं, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। सेनाले देशका विभिन्न स्थानमा केही दिनयताको निरन्तर वर्षाका कारण भइरहेको बाढीरपहिरोमा परेकाको खोजी तथा उद्धारका लागि सैनिक जनशक्तिसमेत परिचालन भएको र आफ्नो स्रोतसाधनको परिचालन गरी राहत वितरणको काम पनि गरिरहेको जानकारी दिएको छ।

अस्थायी तटबन्ध तथा पुल निर्माण गर्ने, अवरुद्ध सडकहरू खुलाउने तथा जोखिममा रहेकाको उद्धारमा समेत सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ। हालसम्म बाढीपहिरोबाट प्रभावित झापा, तनहुँ, गोरखा, ललितपुर र रूपन्देहीका विभिन्न स्थानबाट स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ। त्यस्तै, ती जिल्लामा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढीपहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरण गरिएको सेनाले जनाएको छ।  

सेनाले रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौंका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गरिएको र दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका लागि हेलिकोप्टरद्वारा उद्धार गरी नेपालगन्ज पु¥याएको जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७७ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App