१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

संक्रमितलाई अस्पताल पुर्‍याउन साढे तीन लाखमा हेलिकोप्टर चार्टर

दिक्तेलका संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिँदै । तस्बिर सौजन्य : हरिबोल आचार्य

खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साढे तीन लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको हो । 

कोभिड–१९ को संक्रमण पुष्टि भएको केही हप्तापछि शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि उनलाई सोमबार महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं पठाइएको हो । जिल्ला अस्पतालमा उपचार गर्दा पनि ठीक नभएपछि संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर पठाइएको आफन्तले बताएका छन् । उनलाई १०/१२ दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।  

हाल जिल्लामा कोभिड–१९ बाट संक्रमित स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । गत जेठ ५ गते ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो । हालसम्म जिल्लामा संक्रमितको संख्या साढे चार सयको हाराहारीमा पुगिसकेको छ ।

प्रकाशित: १० जेष्ठ २०७८ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App