३१ वैशाख २०८१ सोमबार
image/svg+xml

नेदरल्यान्ड्सको सैनिक हेलिकोप्टर समुद्रमा खस्यो

नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ ।

सुत्केरीलाई हेलिकोप्टरमार्फत काठमाडाैं पठाइयाे

स्वास्थ्यमा समस्या आएपछि खोटाङकी एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय अनिता राईलाई बिहीबार हेलिकोप्टरमार्फत प्रसूति गृह थापाथली पठाइएको हो ।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैले शुक्रबार उद्धार गरेको जनाएको छ।

७६ गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

समन्वय इकाईकी प्रमुख अञ्जु ढुंगानाका अनुसार जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्थामा पुगेका दुर्गमका ७६ जना गर्भवती र सुत्केरी महिलाको ज्यान राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको पहलमा बचाइएको छ।

हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

तीनवटा हेलिकोप्टरको आकस्मिक अवतरण

संखुवासभाबाट काठमाडौंका लागि उडेका तीनवटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार, जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने चार बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ल्यान्ड गरेपछि पुनः उडेको स्थानीय पुण्य रेग्मीले बताए।

उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि...

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।

विकटमा ज्यान जोगाउन हेलिकोप्टरको सहारा

हेलिकोप्टरले उत्तरी धादिङबाट काठमाडौंसम्म बिरामी बोकेको एक लाख २० हजार रुपैयाँ लिन्छ। सबैको आर्थिक अवस्था राम्रो हुँदैन। उपचारमा ढिलाइ हुँदा यस वर्षमात्रै दुईजनाको मृत्यु भयो।

प्रभु हेलिकोप्टरद्वारा अधिक चार्टर शुल्क मागः छानबिन गर्न पर्यटन मन्त्रालयकाे पत्राचार

अधिक चार्टर शुल्क माग गरेको भन्दै प्रभु हेलिकोप्टर प्रालिका सञ्चालकविरुद्ध उजुरी परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छानबिनका लागि पत्राचार गरेको छ।

सडक ठप्प हुँदा बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य

पहिरोका कारण राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुँदा खोटाङका बिरामी हेलिकोप्टर चार्टर गरी अस्पताल जान बाध्य बनेका छन्। वर्षा र पहिरोका कारण खोटाङबाट सहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालले रेफर गरेका बिरामी महँगो शुल्क तिरेर हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका हुन्। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम, दिक्तेल–काठमाडौं, दिक्तेल–कटारीलगायत सडक शुक्रबारदेखि ठप्प छन्।

१२ यात्रु बोकेको सेनाकाे हेलिकोप्टर इन्डोनेसियामा बेपत्ता

इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्