१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेदरल्यान्ड्सको सैनिक हेलिकोप्टर समुद्रमा खस्यो

फाइल तस्बिर

नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  

मन्त्रालयले हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्यान्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार ४ जनामध्ये २ जनाको मृत्यु भएको र २ जना सकुशल रहेको जानकारी दिए ।  

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकले हेलिकप्टरको ब्लाक बक्स खोजी गरिरहेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भइसकेको जानकारी दिएका छन् ।  

प्रकाशित: ५ श्रावण २०७७ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App