१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ यात्रु बोकेको सेनाकाे हेलिकोप्टर इन्डोनेसियामा बेपत्ता

जाकार्ता- इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्। सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको ओक्सिबिलबाट सुदुरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो।

हेलिकोप्टरमा भएका सबै जना सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिए। उनका अनुसार हेलिकोप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए।

स्थानीय समय अनुसार शुक्रबार विहान ११.४४ मा हेलिकोप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो।

हेलिकोप्टर उडेको समयमा त्यस क्षेत्रमा मौसममा पनि कुनै खराबी नदेखिएको अधिकारीहरूले बताएका छन्।  घटनास्थलतर्फ खोजी तथा उद्धारका लागि टोली खटाइएको र घटनास्थल कठिन पहाडी क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि पनि गाह्रो भएको जनाइएको छ। एएफपी

प्रकाशित: १३ असार २०७६ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App