३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिउँमा फसेका मान्छे नभेटेपछि उद्धार गर्ने हेलिकोप्टर रित्तै फर्कियो

गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकप्टर रिक्तै फर्किएको छ।

अल्टिच्युट एयरको हेलिकप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो। उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए।

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरु चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए। शनिबार बिहान टेलिफोन गरेर हेलिकप्टरबाट आफूहरुको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए। उहिले उनीहरुसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए।  

प्रकाशित: १७ पुस २०७८ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App