९ मंसिर २०८१ आइतबार
image/svg+xml

माईतीघरमा प्रदर्शनकारीको प्रश्न : राष्ट्रपति किन मौन ?

बलात्कारका घटनाविरुद्ध स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन्। कालो कपडा लगाएका उनीहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारबा घटना बढिरहँदा सरकार किन मौन रहेको भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजायँ दिन माग गरे।

'बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?'

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण र्‍याली निकालेका छन्। बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण र्‍याली निकालेका हुन्।

भारतमा ब्वाइफ्रेन्डलाई बाँधेर १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार

झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार बलात्कारमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको छ।

भक्तपुर बलात्कार घटना : तीनै जना अभियुक्त सार्वजनिक

असोज १६ गते भक्तपुरमा गाडीभित्र जवर्जस्ती करणी गरेको आरोप लागेका तीनै जना अभियुक्तहरुलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त दिपेश राईसहित तीन नै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

सात वर्षिया बालिका बलात्कार आरोपमा कोटेश्वरबाट एक पक्राउ

बानेश्वरको सहयोगीनगस्थित बागमती करिडोरमा सात वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

बलात्कारवादी समाज !

हाम्रो समाजलाई प्रेममा भन्दा बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् ।

बलात्कारीलाई मृत्युदण्ड माग कति उचित

नेपाल मृत्युदण्डविरुद्धको महासन्धिमा संलग्न छ। यसकारण पनि नेपालले तुरुन्तै मृत्युदण्डको कानुन बनाउन सक्दैन। बनाउने नै हो भने संविधान संशोधनलगायत प्रक्रियामा जानुपर्छ।

भक्तपुर बलात्कार प्रकरण : किशोरीलाई रत्नपार्कबाट यसरी पुर्‍याइएको थियो भक्तपुर

भक्तपुरमा बलात्कृत भएकी १७ वर्षीया किशोरीलाई मिलेमतोमा भक्तपुर ल्याइएको आशंका गरिएको छ। आफन्त पर्ने दिदीसँग गार्मेन्टमा काम सकेर कोठमा जान काठमाडौंको रत्नपार्कमा पुगेकी किशोरीसँगै आएकी साथी हराउँदा रत्नपार्कमा अलमल परेकी थिइन्।

किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र

स्थानीय तहमा न्यायिक समिति गठन गरिएको छ। तर गाउँघरका विवाद त्यहाँसम्म पुग्न नदिई गम्भीर अपराधका घटनामा पनि पञ्चायतीकै माध्यमबाट मिलापत्र गर्ने क्रम बढ्दो छ। यसबाट समाजमा दण्डहीनता बढ्न थालेको छ।

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

१७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गर्नेहरुमध्ये दुईजनालाई भक्तपुर प्रहरीले आइतबार पक्राउ गरेको छ।

बलात्कारबारे जिम्मेवारबाटै गैरजिम्मेवार अभिव्यक्ति

सत्तपक्षीय सांसद तथा वकिल रामनारायण बिडारी र गृहमन्त्री रामबहादुर थापाले बलात्कार घटनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएपछि सर्वत्र उनीहरुको आलोचना सुरु भएको छ।

उफ ! बलात्कार शृंखला

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्।

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी, प्रहरी पनि खुलेर बोल्न सक्दैनन्

बलात्कार गरेको आरोप लगाउँदै सिरहा अर्नामा गाउँपालिकाकी एक महिलाले वडाध्यक्षमाथि जाहेरी दर्ता गराएकी छिन्। अर्नामा गाउँपालिका–१ का अध्यक्ष गफार मियाँलाई प्रतिवादी बनाए सोही ठाउँकी एक महिलाले जवरजस्ती करणी गरेको कसूरसमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालीग्राम पौडेलले जानकारी दिए।

यस्तो छ सम्झनाका हत्या आरोपी राजेन्द्रको बयान

खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्र बोहोराको भैसी गोठ छ। त्यहि बाटो भएर सम्झना कामी संधै आफ्नो गोठ र घर हिँड्ने गर्थिन्। । सम्झनाको चियो गदै राजेन्द्र कहिले गोठ त कहिले गाडमा रहेको मौका छोपी बस्ने गर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्