१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुर बलात्कार प्रकरण : किशोरीलाई रत्नपार्कबाट यसरी पुर्‍याइएको थियो भक्तपुर

भक्तपुरमा बलात्कृत भएकी १७ वर्षीया किशोरीलाई मिलेमतोमा भक्तपुर ल्याइएको आशंका गरिएको छ।  आफन्त पर्ने दिदीसँग गार्मेन्टमा काम सकेर कोठमा जान काठमाडौंको रत्नपार्कमा पुगेकी किशोरीसँगै आएकी साथी हराउँदा रत्नपार्कमा अलमल परेकी थिइन्।  पानी किन्न भन्दै साथी जाँदा अलमल परेको बेला भक्तपुरबाट आएका ति युवकले युवतीलाई पानी खुवाएको खुलेको छ। प्रहरी स्रोतका अनुसार पानी खुवाउने तिनै युवकले किशोरीलाई भक्तपुर ल्याएका थिए।  

प्रहरीका अनुसार त्यसपछि बलात्कृत किशोरीलाई लठ्याउने पानी खुवाएर भक्तपुर ल्याएका थिए।  यसरी स्याल कराउनु र बाख्रा हराउनु एकैबाजी परेको हो वा नियोजित हो शंकाका रहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार ती दुईबीच एक आपसमा चिनजान छैन।  तर घटना विवरण हेर्दा भक्तपुर ल्याई फरार रहेको दीपेशले किशोरीको बारेमा जानकारी राख्दथे।  नभए उनी यसरी सिधै उनलाई लठ्याउने पानी खुवाउन पुग्दैनथे।  

यो पनि पढ्नुहोस्

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

महानगरीय प्रहरी प्रहरी वृत जगातीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार थापाका अनुसार बलात्कृत किशोरी सोमबार महानगर कल्याण समाज (सेवा घर) भक्तपुर पुर्यारइएकी छिन्।  परिवार सम्पर्कमा नआएपछि उनलाई प्रहरीले कल्याण समाजमा पठाएको जनाएको छ।  

बलात्कृत किशोरीको अस्थायी घर काठमाडौंको मुलपानी हो।  उनका अनुसार उनी त्यहाँ चिनजानको दिदीसँग बस्दै आएका थिइन्।  थापाका अनुसार उनकी आमाको स्थायी घर सिन्धुपाल्चोक लिसन्खु गाविसमा छ।  पिता भने विदेशमा छन्।  बलात्कृत किशोरीलाई भक्तपुर ल्याएका दिपेश राई भन्ने मुख्य अभियुक्त अहिले पनि फरार नै छन्।  उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।    

बताइए अनुसार किशोरी गार्मेन्टमा काम गर्थिन्।  उनी आफन्त पर्ने दिदीसँगै गार्मेन्टमा काम गर्ने र तिनै दिदीपर्नेसँग मुलपानीको कोठामा सँगै बस्थिन्।  मुख्य अभियुक्त राई फरार रहे पनि बलात्कारमा संलग्न दुई जना सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० बस्ने बर्ष २२ को निरकुमार खड्का र जुगल गाउपालिका ४ पाङताङ बस्ने बर्ष २१ को सूर्य श्रेष्ठ पक्राउ परिसकेका छन्।  महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।  

किशोरी दुई समूहबाट छुटाछुटै रुपमा शुक्रबार रातभर र शनिबार दिनभर बलात्कारमा परेकी थिइन्।  शुक्रबार राति भक्तपुरको भक्तपुर जिल्ला सूर्यविनायक काल्हाचामा नम्बर नखुलेको बसभित्र पहिलो पटक काठमाडौबाट भक्तपुर ल्याएका दीपेशले रातभर जवर्जस्ती करणी गरेका थिए।  त्यसलगत्तै उनले अर्का दुई जना साथीलाई बोलाएर किशोरीलाई बलात्कार गर्न पठाएका थिए।  त्यसपछि पक्राउ परेका दुई जनाले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ लिवालीमा रहेको तव्याखुशी (ठूलो खोला) को किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बसभित्र दिनभरि किशोरीलाई करणी गरेका थिए।  उनीहरुलाई त्यही बेला शनिबार राति प्रहरीले पक्राउ गरेको थियो।  

 

प्रकाशित: १९ आश्विन २०७७ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App