१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

१७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गर्नेहरुमध्ये दुईजनालाई भक्तपुर प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० बस्ने वर्ष २२ का निरकुमार खड्का र  जुगल गाउँपालिका ४ पाङताङ बस्ने वर्ष २१ का सूर्य श्रेष्ठ छन्। घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

घटना विवरण अनुसार बलात्कारीहरुले असोज १६ गते विहान अन्दाजी ११ बजेको समयमा काठमाडौको रत्नपार्कबाट पानीमा लठ्याउने औषधि मिसाई खान दिई ती १७ वर्षीया किशोरीलाई रत्नपार्कबाट भक्तपुरसम्म बसमा चढाएर ल्याएका थिए। १७ गते विहान अन्दाजी १० बजेको समयसम्म भक्तपुर जिल्ला सूर्यविनायकमा नम्बर नखुलेको बसभित्र जवरजस्ती करणी गरी सोही मितिको ११ बजेदेखि रातको साढे नौ बजेको समयसम्म भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ लिवालीमा रहेको तव्याखुशी (ठूलो खोला) को किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बसभित्र निज किशोरीलाई जवरजस्ती करणी गरेका थिए।  

त्यही आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ।  

उनीहरुलाई आइतबार भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरेको परिसरले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीको खोजतलास भइरहेको परिसले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७७ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App