५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुर बलात्कार घटना : तीनै जना अभियुक्त सार्वजनिक

असोज १६ गते भक्तपुरमा गाडीभित्र जवर्जस्ती करणी गरेको आरोप लागेका तीनै जना अभियुक्तहरुलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त दिपेश राईसहित तीन नै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।  

झापा चन्द्रगढी पृथ्वीवनगर नगरपालिका १ बस्ने वर्ष २१ को दिपेश झापा भद्रपुर नगरपालिका वडा नम्बर ८ का प्रहरीले विहीबार प्रकाउ गरेको जनाएको छ। उनलाई महानगरीय प्रहरी वृत जगातीको प्रहरी टोलीले महानगरीय प्रहरी परिसर भक्तपुर ल्याइएको छ। उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले असोज १७ गते राति पक्राउ गरेको थियो। सिन्धुपाल्चोक साँगाचोकगढी १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ घर भएका २१ वर्षीय सूर्य श्रेष्ठ यसअघि नै पक्राउ परेका थिए।

यो पनि पढ्नुहोस्

भक्तपुर बलात्कार प्रकरण : किशोरीलाई रत्नपार्कबाट यसरी पुर्‍याइएको थियो भक्तपुर

यी तीन जनाले १७ वर्षीय एक किशोरीमाथि दुई ठाउँमा सामूहिक बलात्कार गरेका थिए। प्रहरीले जनाए अनुसार काठमाडौंबाट भक्तपुर ल्याएका मुख्य अभियुक्त राईले पहिलो पटक भक्तपुरको सूर्यविनायकमा नम्वर नखुलेको गाडीभित्र राखि रातभरि बलात्कार गरेका थिए। त्यसपछि तीनले आफना दुई साथी निरकुमार र सूर्यलाई बोलाएर बलात्कार गर्न लगाएका थिए। यी दुई जनाले चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तबियाखुसी खोला किनारमा बा. ३ ख २६१२ नम्बरको बसभित्र ती किशोरीलाई सामूहिक बलात्कार गरेका थिए।

यसअघि मुख्य अभियुक्त राईले किशोरीलाई असोज १६ गते बिहान ११ बजेतिर १७ वर्षीया ती किशोरीलाई रत्नपार्कबाट भक्तपुरको सूर्यविनायक पुर्याएका थिए। ती युवतीलाई पानीमा ‘लठ्याउने’ औषधी मिसाएर पिउन दिएर भक्तपुर ल्याएका थिए। महानगरीय प्रहरी परिसर भक्तपुर भक्तपुरका डिएसपी केशव थेवेले अभियुक्तहरुमाथि अनुसन्धान जारी रहेको बताए।

 

प्रकाशित: २३ आश्विन २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App