६ मंसिर २०८१ बिहीबार
image/svg+xml
Rupbahadur BK
रूपबहादुर विश्वकर्मा


  

रूपबहादुर विश्वकर्माका लेखहरु :

कोरोनाबाट भाषा पनि संक्रमित !

‘शारीरिक दूरी’लाई पनि ‘सामाजिक दूरी’ भन्ने गरिएकैले हो कि समाजमा साँच्चै सामाजिक दूरी बढ्न थालेको छ। मानिस असामाजिक हुँदै गएका छन्। मानवता हराउँदै गएको छ।

बलात्कारवादी समाज !

हाम्रो समाजलाई प्रेममा भन्दा बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् ।

ज्यानमारा ‘जात’

जुनसुकै मूल्यमा भए पनि ‘जात जान’ दिन हुँदैन, चाहे ज्यानै लिन वा जेलै जान किन नपरोस्। रुकुम चौरजहारी नगरपालिका–८, सोतीमा देखिएको त्यो ‘अभूतपूर्व’ सजातीय एकता र ‘युद्ध’ यसैका खातिर हो।

कोरोना छुवाछूत !

कोरोना भाइरसले हामीलाई केहीदिन दुःखमात्र नदेओस्, मानवता पनि सिकाओस् । घृणा– मान्छेलाई होइन, भाइरस-रोगलाई गर्नुपर्छ भन्ने ज्ञान देओस् ।

स्वस्थानी र सांसद सुवेदी

जबसम्म धार्मिक ‘संविधान’ परिवर्तन/संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद/हिंसा हट्नेवाला छ न त जातीय असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ।

सुरुवात नयाँ युगको कि भाषाको ?

हालै चीनको राजधानी गलत शब्दमा लेखेको भन्दै पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पाेरेसन (पिटिभी) का प्रमुख अरसद खानलाई पदबाटै बर्खास्त गरियो।

‘रक्सी छाडें, अब त आउँछ्यौ कि?’

उनलाई रक्सीको लत नलागेको भए सायद यतिबेला सायद काखमा सन्तान खेलाइरहेका हुन्थे वा काठमाडौंमा आफ्नै घर बनाएर श्रीमतीसँग रमाइरहेका हुन्थे।

सतीप्रथाजस्तै जातिप्रथा कहिले अन्त्य होला?

कुनै बेला यही देशमा पतिको शवसँगै उसकी श्रीमतीलाई पनि जिउँदै चितामा जलाउनु सामान्य कुरा थियो। किनकि त्यो परम्परा धर्मका नाममा चलाइएको थियो। जसलाई सतीप्रथा भनिन्थ्यो।

सुनार र विश्वकर्माले किन कोठा पाएनन्?

खासगरी दलित समुदायलाई आरक्षण वा विशेषाधिकार दिने कुरा उठ्नेबित्तिकै प्रश्न गरिन्छ– दलित मात्रै शोषित, पीडित छन् र? यहाँ कति बाहुन–क्षत्रीहरू पनि गरिब र पीडित छन्!

घर पनि रोजगार पनि!

कोही आँगनमा विद्युतीय करौंती (कटर)मा काठ चिर्न व्यस्त थिए त कोही छानोमाथि जस्ताका पाता ठोकिरहेका थिए। अर्थात् उनीहरू नयाँ घर निर्माणमा व्यस्त थिए। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, देउरालीस्थित दलित वस्तीमा केही दिनअघि दिउँसो देखिएको दृश्य हो यो।

जसलाई आफ्नो देश जाँदा विदेश गएझैँ लाग्छ

उनको सैलुनमा एकदिन एक महिला आएकी थिइन् । कपाल कटाउन साथमा सानो छोरा लिएर । प्यास लागेपछि ती बालक ‘पानी–पानी’ भनेर कराउन थाले । त्यसपछि ती महिलाले आफ्नो छोरालाई एक झापड लगाउँदै झपारिन्– पानी भन्छस्, ‘वाटर’ भन्।

‘काम गर्न केको लाज?’

काठमाडौंको क्षेत्रपाटी चोकबाट ढल्को जाने मोडमा पिनास उपचार केन्द्र एन्ड पोली क्लिनिकको साइनबोर्ड छ। त्यसको ठीकमुनि तीखो सुई लिएर एक वृद्ध ‘डाक्टर’ बस्छन्। उनी बिरामी मान्छेको होइन, ‘बिरामी’ जुत्ता–चप्पलको उपचार गर्छन्!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्