हुन त अहिले कोरोनाभाइरस (कोभिड–१९) बाट कसरी ज्यान जोगाउने भन्ने भयंकर त्रास भइरहेकाबेला मानिसलाई अन्य विषय उठाउँदा असान्दर्भिक पनि लाग्न सक्छ । यो लेख्दासम्म सुरक्षित रहेको यो पंक्तिकार पनि यो महामारीबाट बच्छ-बच्दैन यसै भन्न सकिने अवस्था छैन । तर म के कुरामा ढुक्क छु भने मृत्यु शाश्वत छ, एक दिन हामी हरेकले मर्नैपर्छ, ढिलो-चाँडो मात्रै हो । अर्काे कुरा के पनि निश्चित छ भने यो महामारीबाट हामी सबै मर्दैनौं । यो धर्तीमा अझै धेरै मानिस बाँच्नेछन्-बाँकी रहनेछन् ।कथं मानव सभ्यता नै खत्तम भएछ भने त टन्टै साफ, मान्छेका कुनै विषय÷सवाल-मुद्दै बाँकी रहँदैन ।
नत्र यो महामारीपछि अवश्य फेरि हामी मानवका पुरानै दिनचर्या सुरु हुनेछन् । लोभ, लालच, विभेद, शोषण, अत्याचारका उपक्रम अगाडि बढ्नेछन् । त्यसकारणयो फुर्सद (लकडाउन)को समय अन्य नकारात्मक कुरा मनमा खेलाउनुभन्दा सामाजिक-राजनीतिक विषयमा विचार-विमर्श गर्नु नै उत्तम र सान्दर्भिक होला । उसो त यस्ता महामारी-महाविपत्तिका बेला मानिसलाई बचाउन पनि देशको सामाजिक-राजनीति कसंरचना-प्रणालीले नै प्रमुख भूमिका खेल्ने हो-खेलिरहेको छ ।
मैले यहाँ उठाउन खोजेको प्रसंग (चिन्ता) चाहिँ के हो भने कोरोनाभाइरस त एक न एक दिन अवश्य हराएर जानेछ । तर अहिले यसबाट बच्ने नाममा समाजमा जुनखालको ‘सामाजिक दूरी’ को परिपाटी सुरु भएको छ, त्यसले म जस्तो जातीय छुवाछूतको अपमान खेपेर हुर्केको ‘मानिस’लाई अर्काे भयंकर के चिन्ता लागिरहेको छ भने कतै यसले विश्वमा नयाँखालको छुवाछूत त सिर्जना गर्दैन?
कोरोना भाइरसले हामीलाई केहीदिन दुःखमात्र नदेओस्, मानवता पनि सिकाओस् । घृणा– मान्छेलाई होइन, भाइरस-रोगलाई गर्नुपर्छ भन्ने ज्ञान देओस् ।
पहिलो कुरा त कोरोना संक्रमणबाट सुरक्षित रहनव्यक्ति–व्यक्तिबीचकायम राख्नुपर्ने ‘शारीरिक दूरी’लाई जसरी ‘सामाजिक दूरी’ भनिएको छ, त्यसैमा मेरो गम्भीर आपत्ति छ । किनकि मानिस सामाजिक प्राणी हो । ऊ समाजबिना बाँच्न सक्दैन । त्यसकारण हामी जहाँ, जुनजात, धर्म र संस्कृतिका भएपनि एउटै समाजमा मिलेर (?) बसेका छौं-बस्नुपर्छ । अर्थात् हामीले आपसमा कहिले सामाजिक दूरी बढाउनु हुँदैन, बरु जतिसक्दो नजिक्याउनुपर्छ । विश्वलाई नै एउटा मानव समाजमा परिणत गर्नुपर्छ ।
तर यहाँ भाइरस अर्थात् कुनै पनि रोग नसरोस् भनेर व्यक्ति–व्यक्तिबीच (त्यो पनि रोगीभएमा) भौतिकरूपमा कायम गर्नुपर्ने निश्चित दूरीलाई कथित विज्ञले ‘सामाजिक दूरी’ भनेर अत्यन्त गलत शब्दप्रयोग गरिरहेका छन् । ‘शारीरिक दूरी’ र ‘सामाजिक दूरी’को अर्थमाआकाश–पातालको भिन्नता छ । जानाजान शारीरिक दूरी (भौतिक दूरी) लाई सामाजिक दूरी (भावनात्मक दूरी) भन्नु वैज्ञानिक होइन, अत्यन्तै अवैज्ञानिक अनि साम्प्रदायिक कुरा हो । तसर्थ यो शब्दतत्काल परिवर्तन गर्न जरुरी छ ।
यही ‘सामाजिक दूरी’कानाममा अहिले म जताततै ‘कोरोना छुवाछूत’ देख्दै छु । एउटा मान्छेले अर्का मान्छेलाई बहिष्कार र तिरस्कार गरिहेका छन् । हाम्रो सन्दर्भमा यसअघि मान्छे, दलितदेखि मात्रै डराउँथे, छोइन्छ कि भनेर । कुनै अपराधगरिरहनु पर्थेन-पर्दैन कुनै कामीवादमाईं...को सन्तान भएपछि सकियो, ऊ अछूतहुन्थ्यो-हुन्छ। तर अहिले कोरोनाले यो परम्परामा परिवर्तन ल्याइदिएको छ । अर्थात् यतिबेला अछूत हुनकुनै कामी, दमाईं...को सन्तान भइरहनु पर्दैन, केवल मान्छे भए पुग्छ । मानौं, यतिबेलायो संसारमा मान्छे हुनु नै अपराध हो । यहाँ एउटा मान्छे, अर्काे मान्छेसँग छोइन्छ कि भनेर डराइरहेका छन् । एकअर्काबीचको दूरी २ मिटर छ कि छैन भनेर नापजाँच गरिरहेका छन् । झुक्किएर कोही नजिक परि हल्यो भने पनि मानिस निकै त्रसित र आतंकितहुने गरेका छन् । साँच्चै भन्ने हो भने यतिबेला संसारका सबै मानवअछूत भएका छन् । छुवाछूतको पीडा भोगिरहेका छन् ।
तर ती मान्छेलाई कुनै फरक परेको छैन, जो कोरोना त के यो धर्तीमा कुनै पनि भाइरस नजन्मिँदैदेखि अछूत छन् । कुनै भाइरस वा रोग नसर्ने भएपनि यो समाजबाट बहिष्कृत छन्, ‘सामाजिक दूरी’मा राखिएका छन् । सुन्दा नमीठो लाग्न सक्छ, तर यथार्थ हो– बरु यतिबेलाकोरोनाकाकारण सबै मानिस अछूत भइरहेको देख्दा परापूर्वकालदेखि अछूत बन्नविवश समुदायले संसारकै साथपाएको अनुभूतिगरिरहेकाछन् ।
अनिती मान्छे (यसभित्रआपसमा छुवाछूत गर्ने स्वयं दलित समुदायकामानिस पनि पर्छन्), जो अरूलाई अछूत भन्दै अपहेलनागर्नमाआनन्दमान्थे, तिनलाई यो कोरोनाले एउटा ऐतिहासिकअवसर दिएको छ–छुवाछूतको पीडा कस्तो हुँदोरहेछ ? मान्छेले मान्छेलाई छिःछिः र दूर्दूर् गर्दा मुटुमा कस्तो किला गाडिँदोरहेछ ?
सामाजिक सञ्जालमा भेटिएको भारतकाप्रख्यात् कलाकार नाना पाटेकरको यो भनाइयहाँ राख्नु सान्दर्भिक होला– ‘एक भाइरसले सबैलाई अछूत बनाइदियो । अलिकति सोचौं त,त्यो समाज कसरी बाँच्यो होला, जसलाई हजारौं वर्षदेखि अछूत बनाएर राखिएको छ ?’
सामाजिक सञ्जालमै अमेरिकाबाट शर्मा मायानाम गरेकी एक महिला भिडियो सन्देशमाभनिरहेकीथिइन्, ‘म दैनिक अस्पताल जानुपर्ने बिरामीहुँ, त्यस क्रममाआजपनिगएको थिएँ, तर मलाई त्यहाँ मेरो नाम, जात, थर, देश के हो भनेर सोधिएन ।सोधियो त केवलतिमीलाई ज्वरो आएको छ ? रुघामर्की लागेको छ ? सास फेर्न गाह्रो भएको छ ? सुक्खाखोकीलागेको छ ?’ उनी अगाडि भन्दै थिइन्, ‘यो भाइरसले कुनै जात, धर्मकाआधारमाहोइन, सबैलाई मान्छेका रूपमामात्रै चिन्छ...आजमानव सभ्यता कसरी गुज्रिरहेको छ !...’
यसले पनि प्रस्ट पार्छ– वास्तवमाप्रकृतिका अगाडि सबै समान छन् । उच र नीच, ठूलो र सानो त मानिसले सिर्जना गरेकाविभेद हुन् ।
हुन त कुनै पनिविपत्तिआफैंमा राम्रो कदापिहोइन÷हुँदैन । तरहामीलाईजतिसुकै मन नपरे पनि, नराम्रो लागे पनिप्रकृतिमाबेलाबेलाविपत्तिआउन छाड्दैन। तर त्यसले विनास मात्रै गर्दैन, मानिसलाई महत्वपूर्ण पाठ पनि पढाएर जान्छ । अहिले कोरोनाकै कुरा गरौं न । यसले हामीलाई जतिआतंकितबनाइरहेको छ, त्यति नैमहान् मानवीय ज्ञान पनिदिइरहेको छ, लिन सक्ने हो भने ।
यसले दिएको सबैभन्दा ठूलो र पहिलो शिक्षाहो– संसारका सबै मानिस बराबर छन् । यहाँकोहीउच÷नीचवा ठूला÷साना छैनन् । यतिबेलाकोरोनाभाइरसले न शक्तिशाली राष्ट्र भनेको छ न व्यक्ति, न धनीभनेको छ न गरिब, न महिलाभनेको छ न पुरुष, न कालो भनेको छ न गोरो । अनिहाम्रो सन्दर्भमा न सानो जातिभनेको छ न ठूला जाति ।
अमेरिकाबाट लेखक सञ्जय घिमिरे नेपालको एक अनलाइनमा ‘कोरोनाबाट बाँच्यौं भने हामी सुध्रिन्छौं होला?’ शीर्षक लेखमाभन्छन्, ‘केहीवर्षअघि नेपाललाई भूकम्पले क्षतविक्षतपारेपछि मलाई लागेको थियो र लेखेको पनिथिएँ– अब नेपालीपहिलेभन्दा फरक, तौली–तौली, बडो होसियारीपूर्वक, उदारपूर्वक, श्रद्धापूर्वक, सेवाभावले हुरुक्कभएर व्यवहार गर्ने, मायाले भरिएका, स्वार्थरहित, असाध्यै दयावान्, काम, क्रोध, लोभ र मोहबाट मुक्त, असाध्यै निर्मल जातका रूपमा परिणत हुनेछन्। तर त्यस्ताभए त?अहँ, भएनन्। बरु उल्टै, कसरी बाँचियो भन्ने पनिबिर्सिएका जस्ता भए। यो कोरोनामहामारीपछि पनिमानिस हुने यस्तै हो। यसैले माफगर्नुहोला पाठक ! कोरोनामहामारीपछि पनि मान्छेले खासै केहीमानवीय पाठ सिक्ने छैन।’
यसको प्रमाण त यो महामारी चलिरहेकै बेला देखिसकियो ।व्यापारीदेखि सरकारी मान्छेसम्मकामानवता– कालाबजारी र भ्रष्टाचार ! संसारमा सबैभन्दाअचम्मको कुरा भनेकै के हो रे भने मान्छे आफ्नै आँखाअगाडि मृत्युको ताण्डव नृत्य देखेर पनिआफूचाहिँमर्दिनँ भन्ठान्छ रे ।
अन्त्यमा, कोरोनाभाइरसले हामीलाई केहीदिनदुःखमात्रनदेओस्, मानवतापनि सिकाओस् । घृणा–मान्छेलाई होइन, भाइरस÷रोगलाई गर्नुपर्छ भन्ने ज्ञान देओस् । कोरोनाबाट बाँचेपछिको जीवन सार्थक बनाउन मद्दत गरोस्।
प्रकाशित: ९ वैशाख २०७७ ०६:५० मंगलबार