१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सात वर्षिया बालिका बलात्कार आरोपमा कोटेश्वरबाट एक पक्राउ

बानेश्वरको सहयोगीनगस्थित बागमती करिडोरमा सात वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।  

महानगरीय प्रहरी वृत्त बानेश्वरले बुधबार साँझ सहयोगीनगस्थित बागमती किनारको छेउका बालिकालाई ललाई फकाई लगेर बलात्कार गरेको अभियोगमा कोटेश्वरबाट दाङ स्थायी घर भएका ४३ वर्षीय दुर्गे बिकलाई पक्राउ गरेको हो।  

उनलाई काठमाडौं जिल्ला अदालतबाट विहिबार सात दिनको समय लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार पीडित बालिकाका आफन्तहरुले बलात्कारको उजुरी दिएपछि बिकलाई पक्राउ गरिएको जनाए।‘ उजुरी परेलगत्तै बिकलाई पक्राउ गरेर अनुसन्धान भैरहेको छ पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ परीक्षण रिपोर्ट आउन बाँकी छ’, परिसरका प्रवक्ता एसपी राठौरले भने। प्रहरीका अनुसार ती बालिकालाई बिकले साँझपख बागमती करिडोर किनारमा जर्बजस्ती करणी गर्दै गरेको देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

 

प्रकाशित: २३ आश्विन २०७७ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App