२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पक्राउ परेका सिगास गाउँपालिका–८ का खडक बोहरा, रामसिंह बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको डिएसपी अधिकारीले जानकारी दिए। नाम नखुलाएका व्यक्ति किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी स्रोतले जनाएको छ।

किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको सार्वजनिक भएको हो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App