२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी, प्रहरी पनि खुलेर बोल्न सक्दैनन्

बलात्कार गरेको आरोप लगाउँदै सिरहा अर्नामा गाउँपालिकाकी एक महिलाले वडाध्यक्षमाथि जाहेरी दर्ता गराएकी छिन्। अर्नामा गाउँपालिका–१ का अध्यक्ष गफार मियाँलाई प्रतिवादी बनाए सोही ठाउँकी एक महिलाले जवरजस्ती करणी गरेको कसूरसमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालीग्राम पौडेलले जानकारी दिए।

बजारबाट घरतर्फ गइरहेको बेला वडाध्यक्ष मियाँले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएकी छिन्। जाहेरी दर्ता भए पनि वडा अध्यक्ष पक्राउ परेको छैन।  

प्रहरीले घटनाबारे खुलेर बोल्न पनि सक्दैनन्। अर्नामा गाउँकै महिलाले जाहेरी दर्ता गराउनुभएको छ। डिएसपी पौडेलले नागरिकसँग भने,‘घटनाको अनुसन्धान भैरहेको छ, अहिलेलाई यती भनौं।’  

बिहीबार साँझ महिलामाथि वडाध्यक्षले बलात्कार गरेको घटना गाउँमै दबाउन भरपूर प्रयास भएको स्थानीयले बताए। गाउँमा जति दवाव दिए पनि महिलाले न्यायका लागि प्रहरीमा जाने अडान छोडिनन्। प्रलोभनदेखि धाकधम्की दिँदा समेत महिला प्रहरीमा जानबाट नरोकिएको एक स्थानीयले बताए। महिला बलात्कार जस्तो संवेदनशील घटना प्रहरीले दर्ता गरे पनि आरोपीतलाई पक्राउ गर्न हिम्मत जुटाउन नसकिरहेको स्थानीयको भनाइ छ। घटनापछि आरोपीत अध्यक्ष सम्पर्कविहीन छन्। प्रहरीले उनको खोजी भैहरकोे बताएका छन्।

 

प्रकाशित: १७ आश्विन २०७७ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App