९ मंसिर २०८१ आइतबार
image/svg+xml

बलात्कार आरोपमा वडा सचिव पक्राउ

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिवलाई बलात्कार आरोपमा पक्राउ गरेको छ। भंगहा नगरपालिका–९ कि ३५ वर्षीया महिलालाई करणी गरेको प्रारम्भिक जानकारीको आधारमा बुधबार राती ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरिएको छ।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

‘बलात्कार घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर’

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न कानुन कार्यान्वयन र आवश्यकताअनुसार कानुनको पुनरवलोकन गर्न सुझाव दिएको छ।

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही माग

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।

धादिङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

तीन जना महिलामाथि बलात्कार प्रयासका आरोपी पक्राउ

तीन जना महिलालाई बलात्कारको प्रयास मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। तीन जना महिलालाई बलात्कारको प्रयास गरी फरार भएका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

सम्झनालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

२६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो।

काठमाडौंका यी युवा भन्छन् : सम्झना विकका बलात्कारीलाई कार्बाही नहुँदासम्म आन्दोलन जारी रहन्छ

विभिन्न संघ/संगठनमा आबद्ध युवा तथा विद्यार्थीले कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा बलात्कारीलाई फाँसी दे, सम्झनालाई न्याय दे, बलात्कारीलाई कडा कार्बाहीका लागि नयाँ कानुन जारी गर, लैंगिक हिंसा अन्त्य गर, सबै खाले विभेद अन्त्य गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

बलात्कारका ४२० घटना

साउन र भदौमा मात्र बलात्कारका ४ सय २० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्। दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन। कोरोना महामारीकै समयमा पनि बलात्कारका घटना बढेपछि प्रहरी पनि सोचमग्न भएको छ। अन्य अपराधमा केही कमी आए पनि बलात्कारका घटना बढेको प्रहरी निष्कर्ष छ।

चारदिनदेखि सम्झनाको शव उठेन

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

उदयपुर जिल्ला अदालतले फरक फरक ठाउँमा भएका बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला सुनाएको छ। अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्