बालिकाको बलात्कारपछि हत्या
मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ।
मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ।
आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय व्यक्तिलाई बुहारी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरूलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न बढी छन्। प्रहरी तथ्यांकअनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन्।
दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीलाई सामूहिक बलात्कार गरिएको उनकी आमाले बताइन्।
पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन्। यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा जवाफ दिएका हुन्।
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो।
एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षका दुई महिलालाई रातको समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरिएकाे हाे ।
कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।
झारफुकको बहाना पारेर सल्यानमा एकजनाले भाउजु नाता पर्नेलाई जबरजस्ती बलात्कार गरेका छन्।
डोल्पामा एक किशोरी सामूहिक बलात्कारको सिकारमा परेकी छिन् । जगदुल्ला गाउँपालिका–६, झ्याकोटकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
बालिका बलात्कार आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।