सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई पक्राउ गरेको हो ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई पक्राउ गरेको हो ।
बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।
सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् ।
प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन।
मोरङको केराबारी गाउँपालिकाका एक वृद्धलाई प्रहरीले बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
बलात्कारको एक वर्षभन्दा बढी समयपछि प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । रामेछाप खाँडादेबी गाउँपालिका वडा नं. ९ स्थायी घर भएका मोहनबहादुर भण्डारीका छोरा वर्ष २२ का राजेश भन्ने सुरेश भण्डारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सरकारले लागु गरेको लकडाउनको अवधिमा दाङमा बलात्कार तथा बलात्कार प्रयासका २९ घटना भएका छन्। यी घटनामा ३७ महिला पीडित बनेका छन्। मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था ईन्सेकले तयार पारेको तथ्यांक अनुसार २९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा ३७ महिला पीडित भएको उल्लेख गरिएको छ।
जवरजस्ती करणी आरोपमा सजाय पाए पनि ५ वर्षदेखि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्। स्थानीय एक महिलामाथि जवरजस्ती गरेको आरोपमा जिल्ला अदालतले ६ वर्षअघि ५ वर्ष कैद सजायको फैसला सुनाए पनि फरार रहेका त्रियगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।
सर्वाेच्च अदालतबाट बलात्कारका विभिन्न मुद्दामा विभिन्न खालका सिद्धान्त कायम भएका छन् भने कानुनका विभिन्न दफाको प्रयोगमा पनि मिहीन विवेचना गरिएका छन्। जबर्जस्ती करणीको विषयमा पनि धेरै फैसला सार्वजनिक भइसकेका छन्। सर्वाेच्चले विभिन्न समयमा बलात्कारका मुद्दाका क्रममा विभिन्न खालका व्याख्या र विश्लेषण गरेको छ।
बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवालाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल, हुल तथा दंगा ब्यबस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यररत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी) राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । उनलाई चितवन भरतपुरकी एक २७ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।
पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।
‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।
जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।