१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालिका बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

बालिका बलात्कार आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा  जाहेरी दिएका छन् । अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए । ‘हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ’ उनले भने, ‘अदालतबाट म्याद लिएर जवरजस्ती करणी मुद्धामा कारवाही अघि बढ्छ ।’

प्रकाशित: १९ श्रावण २०७७ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App