११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विद्युत् चुहावट कम हुँदै

कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन्।

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

सुदूरपश्चिममा रावललाई धक्का!

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो।

मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भयो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ।

सातवटै प्रदेशमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु

जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

खेमा बदल्दा हातमा सत्ता

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि बिहीबार नै आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन भएका थिए। आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका हुन्। राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्यलागि ढोका खुलेको हो।

लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने भएको छ।

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक

इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए।

ओलीले जस्तो हावादारी कार्यक्रम ल्याउँदैनौः प्रदेश मुख्यमन्त्री केसी

ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।

गण्डकी प्रदेशः अझै घटेन कोरोना मृत्युदर

कोरोना भाइरस संक्रमणले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विहीबार नौजनाको ज्यान गयो । यो संख्या बुधबार १२ थियो । भदौको १० दिनमा मात्र गण्डकी प्रदेशमा मात्र कोरोनाबाट ६६ जनाले ज्यान गुमाएका छन ।

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।

प्रदेश २ः अनियमितताको अखडा

महालेखापरीक्षकको प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ को देखाएको छ। जसको मात्रा १ अर्ब ८० करोड ५९ लाख १८ हजार छ। सुशासनको दुहाई दिने प्रदेश सरकारलाई बेरुजुको यो अंकले गिज्याएको छ।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्