coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सातवटै प्रदेशमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु

जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। जसपाले गरेको निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्वको सहभागितामा प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको हो।  

शुक्रबार दिउँसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको भब्य समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ।  

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता छ।  

आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो।

प्रकाशित: ११ भाद्र २०७८ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App