८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई शोक परेको छ। इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए। मुख्यमन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए। उनले शोकमै शपथ लिएका छन्।  

मुख्यमन्त्री आचार्य भाईको मृत्युको खबर पश्चात हतार हतारमा शपथ ग्रहण सकाएर अन्तिम संस्कारमा सहभागी हुन इनरुवा पुगेका थिए। मुख्यमन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाईलाई श्रद्धाञ्जली दिए।  

मृतक रामप्रसाद भीम आचार्यका कान्छो भाई हुन्। मृतकका श्रीमती र दुई छोराछोरी छन्। मृतक आचार्यको आजै सुनसरी खोलामा दाह संस्कार गरिएको छ। सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो। आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ।

प्रकाशित: १० भाद्र २०७८ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App