२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गीत गजल रेष्टुरेन्टबाट १२ जुवाडे पक्राउ

विराटनगरको एक गीत गजल रेष्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

पैसाको प्रलोभनामा जुवाडेलाई भगाएको घटनाः वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको टोलीले छानबिन गर्ने

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

पैसाकाे प्रलाेभनमा परेर प्रहरीले नै भगाए जुवाडे

प्रहरीले एक जना जुवाडेलाई पनि समातेन। जुवाडे सँग भएको सबै पैसा लियो। रेस्टुरेन्टको काउन्टर समेत फुटाईयो। प्रहरीले जुवाडेसँग भएको सबै पैसा लिएर जुवाडे सबैलाई भगाएको त्यहाँ सहभागी एक जनाले बताएका छन्। सुरुमा भागेकालाई प्रहरीले बाहिरबाट समातेर भित्र ल्याएर पछि भगाएको उनले बताए।

मेयर सेजुवालले प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालमाथि प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लागेको छ।

भैरहवामा जुवा खालबाट १८ जना पक्राउ

रुपन्देहीको भैरहवामा जुवाखालबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका २ मेउडिहवामा संचालित एक चिया पसलमा जुवा खेल्दै गरेका १८ जना जुवाडेलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । जुवाखालबाट एक लाख बढी रकम बरामद गरेको छ ।

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गोरखामा १२ जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन्। एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए।

दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ

मोरङको बेलाबारी नगरपालिका–४ स्थित गर्जुराम टोजको एक घरबाट प्रहरीले शुक्रबार साँझ ६ जना जुवाडेलाई पक्राउ गरेको छ। बेलाबारी–४ का अशोकर राईको घरमा जुवा खेलिरहेको अवस्था नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

भक्तपुरबाट नौ जुवाडे पक्राउ

भक्तपुर प्रहरीले नौ जुवाडेलाई नियन्त्रणमा लिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागि बनाएको टहरामा तास खेलिरहेका उनीहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पाँचथरमा २३ जुवाडे जना पक्राउ

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको एक घरमा जुवा खेलिरहेका २३ जनलाई प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा जुवा खेलिरहेका उनीहरुलाई पैसा, कौडासहित प्रहरीले पक्राउ गरेको हो।

बाह्रै महिना ‘जुवाको अखडा’ उपत्यका

जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुई÷चार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ ।

धरौटीमा रिहा भए 'भीआईपी जुवाडे'

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारी धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई आज जनही ३० हजार धरौटी माग गरेपछि धरौटी बुझाएर रिहा भएका हुन्।

जुवाको खालबाट काठमाडौंमा ९ व्यापारी पक्राउ

जुवाको खालबाट प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले लकडाउनको समयमा जुवा खेलिरहेको सूचनाको आधारमा कमलादीस्थित गनगोर बुटिक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। दरबारमार्ग प्रहरीका अनुसार व्यापारीहरु विमल खेतान, रामचन्द्र संघाई, पुरुषोत्तम अग्रवाल, विमल अउजा, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मालाई पक्राउ गरेको हो।

छ लाखसहित १६ जुवाडे पक्राउ

नेपाल प्रहरीले छ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो।

जुवा खेल्ने तिब्वतीसहित १० जना पक्राउ

जुवातास खेल्ने तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्