८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गीत गजल रेष्टुरेन्टबाट १२ जुवाडे पक्राउ

विराटनगरको एक गीत गजल रेष्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्रबार राति विराटनगर–१२ रोडशेष चोकमा रहेको संगम गीत गजल रेष्टुरेन्टका सञ्चालक ३१ वर्षीय विमल मुखियासहित १२ जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले राति रेष्टुरेन्ट बन्द गरेपछि जुवा खेल्ने गरेको सूचनाका आधारमा छापा मारेको बताए। गजल रेष्टुरेन्ट सञ्चालक मुखियासहित १२ जना रहेको जुवाखालबाट प्रहरीले २ लाख ३१ हजार २ सय रुपैयाँ बरामद गरेको छ। जुवाखालबाट पक्राउ पर्नेमा २६ वर्षीय राहुल सहनी, विराटनगर–११ का १८ वर्षीय विरेन सहनी, ३० वर्षीय राजन पौद्दार, २२ वर्षीय अजय सहनी, ४० वर्षीय सन्तोष कार्की रहेका छन्।  

त्यस्तै विराटनगर–२ का ३१ वर्षीय भुवन कालाखेती, ४८ वर्षीय दिनेश सत्रा, विराटनगर–८ का ३४ वर्षीय सुवोध पासवान, विराटनगर–६ का २८ वर्षीय रञ्जित सिंह, विराटनगर–१४ का ५१ वर्षीय बलबहादुर कोइराला र कटहरी गाउँपालिका–१ का ३५ वर्षीय सवधनारायण चौधरीलाई पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २४ श्रावण २०७८ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App