१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथरमा २३ जुवाडे जना पक्राउ

 पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको एक घरमा जुवा खेलिरहेका २३ जनलाई प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा जुवा खेलिरहेका उनीहरुलाई पैसा, कौडासहित प्रहरीले पक्राउ गरेको हो।

राति १० बजेको  समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्स्पेक्टर रोहनराज अर्यालले जानकारी दिए। जिल्लाका विभिन्न क्षेत्रमा  प्रतिष्ठितहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्याक्तिको नाम भने प्रहरीले गोप्यनै राखेको छ।  

२ लाख ४७ हजार नौँ सय ४५ रुपैँया जुवा खेलेको ठाँउबाट बरामद गरिएको प्रहरी जानकारी दिएको छ। साथै, १६ वटा गौडा समेत बरामद गरीएको जानकारी दिइएको छ। उनीहरु विरुद्ध मुद्धा दर्ता गरीने अर्यालले जानकारी दिए। 

प्रकाशित: १२ श्रावण २०७७ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App